रामेछापमा जारी निषेधाज्ञा एक हप्ता थपियोः बैंकहरु दैनिक खुल्ने, अत्यावश्यक पसलहरु १२ बजे सम्म खुल्ने (सूचनासहित)

जारी निषेधाज्ञा केही खुकुलो पारियो

| असार १, २०७८ मंगलबार

फाइल फोटो रामेछापको सदरमुकाम मन्थली बजार आसपास
A A A
A A A

०१ असार, रामेछाप । रामेछाप जिल्लामा जारी निषेधाज्ञा थप एक हप्ता थप गरिएको छ । मंगलबार (आज) जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको सरोकारवालाहरुको कोरोना रोकथाम तथा नियन्त्रण समिति (डिसिसियमसी) को बैठकले जारी लकडाउन केही खुकुलो बनाउदै बुधबारदेखि लागू हुने गरि निषेधाज्ञा आउदो असार ९ गते बुधबार राति १२ बजे सम्म जारी राख्ने निर्णय गरेको हो । 

 

जिल्लामा पछिल्लो पटक थपिएको निषेधाज्ञा भोली असार २ गते सकिदै छ । सोही कुरालाई ध्यानमा राखी आज बसेको डिसिसिएमसीको बैठकले जारी निषेधाज्ञा भोली राति १२ बजेदेखि लागू हुने गरि एक हप्ता थप गरेको हो । 


प्रशासनले खाध्यन्न तथा पशुपंक्षीका दाना, फलफूल, दुध डेरिजन्य उत्पादन, माछा, पानी, ग्यास, पेट्रोलपम्प, निर्माण सामाग्री, बिक्री गर्ने लगायतका पसलहरु स्वास्थ्य मापदण्ड पालना गरि बिहान ५ बजेदेखि १२ बजेसम्म खोल्न दिने भएको छ । हाल बिहान ५ बजेदेखि ९ बजे सम्म खोलिदै आएका पसलहरु अब १२ बजे सम्म खुल्ने छन् । 


त्यस्तै औषधी जन्य सामाग्रीका पसलहरु २४ घण्टा खुल्ला रहने निर्णयलाई निरन्तर्ता दिएको छ । 


त्यस्तै प्रशासनले राष्ट्रिय गौरवका आयोजनाहरु, सोको ढुवानीका लागि प्रयोग हुने सवारी साधनहरु पनि स्वास्थ्य मापदण्ड पालना गरेर चल्न दिने जनाएको छ । 

 


बैंक तथा वित्तिय संस्थाहरु बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म स्वास्थ्य मापदण्ड पालना गरि अब दैनिक खुल्ने छन् । तर संस्था खुलेको जानकारी ती संस्थाहरुले प्रशासनमा गराउनु पर्ने छ । 
रामेछाप प्रशासनले जारी गरेको बन्दाबन्दी आदेश हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार