जेसीज रामेछापको भवन निर्माण गर्न सक्दो पहल गर्ने सांसद ‘कान्छाराम’को प्रतिबद्धता (भिडिओसहित)

| पुस २९, २०८० आइतबार

A A A
A A A

२९ पुस, रामेछाप । संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले जेसीज रामेछापको भवन निर्माण गर्ने जस्तो सुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् । त्यसको लागि जेसीज रामेछापका टिम एकताबद्ध यहाँका स्थानीय सरकार र सांसदहरुसंग सहकार्यमा आउनु पर्ने उनको भनाई छ । 

 

शनिवार मन्थलीमा सम्पन्न वर्ष २०२४ को लागि पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तामाङले भने ‘यो जेसीज रामेछापको भवन बनाउनको लागि जग्गा छैन भन्ने कुरा राख्नु भयो । त्यसको लागि चिन्ता नलिनुहोस्’, 

मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठसहित रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्की (थापा) र गोकुलगंगा गाउँपालिका उपाध्यक्ष उषा कार्की, मन्थली नगरपालिका वडा नं १, ३ र ५ का वडा अध्यक्षहरू सहित जेसीजका देशभरिका जेसीजहरु उपस्थित समारोहमा बोल्दै सांसद तामाङले भने ‘नगर प्रमुख पनि यहीँ हुनु हुन्छ । नगर भित्रको कुनै सार्वजनिक जग्गा वा कुनै २/३ आना जग्गा किनेर भए पनि भवन आउँदो ‘वर्ष २०२६’ भित्र बनाउनको लागि सक्दो पहल गर्न तयार छौँ ।’

 

नेपाली काँग्रेस रामेछापका सभापति समेत रहेका सांसद तामाङले जेसीजमा ‘एक व्यक्ति, एक पद, एक कार्यकाल’ रहेको उल्लेख गर्दै जेसीजको जस्तो नियम राजनीतिमा पनि लागू हुनु पर्नेमा जोड् दिए । 

 

सभापति तामाङले जेसीजले गरेका कामहरू प्रशंसनीय रहेको उल्लेख गर्दै जेसीजले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह पनि गरे । ‘तपाईँहरूले शिक्षा, स्वास्थ्य र कृषिलाई केन्द्रमा राखेर काम गर्नुहोस् हामी सफल र समृद्ध हुन्छौँ ।’

 

भिडिओ हेर्नुहोस् ।