दोलखामा सम्पन्न ‘हेमन्त स्मृति भलिबल प्रतियोगिता’मा रामेछापलाई पछि पार्दै चितवन विजयी

| माघ १, २०८० सोमबार

टिम रामेछाप ।
A A A
A A A

१ माघ, रामेछाप । दोलखामा सम्पन्न ‘हेमन्त स्मृति भलिबल प्रतियोगिता’मा रामेछाप उपबिजेता  बनेको छ । बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा चितवनसँग पराजित हुँदै रामेछापको दोस्रो बनेको हो । 

 

गत पुस २६ गतेदेखि दोलखाको जिरी स्थित लिंकन बजारमा भएको १२ टिम सहभागी प्रतियोगितामा रामेछापलाई पराजित गर्दै चितवनले जित हासिल गरेको हो । 

 

विजेता चितवनले नगद २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

 

उपविजेता रामेछापले नगद १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्ता बुझाएको छ । रामेछापले दोलखा ‘ए’ र ‘बि’, सिन्धुपाल्चोक र सिन्धुलीलाई पराजित गर्दै फाइनल पुगेको थियो । तर, फाइनलमा चुक्यो । 

 

त्यस्तै तेस्रो भएको सिन्धुली र सान्त्वना बनेको आयोजक जिल्ला दोलखाले क्रमशः नगद ५० हजार, ३० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

 

विजेता खेलाडीहरूलाई नेपाली काँग्रेस क्षेत्रीय समिति दोलखा क्षेत्र नम्बर १ का सभापति शुक्रराज तामाङले बागमती प्रदेश आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रदेश सांसद कुन्दन काफ्लेको उपस्थितिमा वितरण गरे । रामेछापबाट सहभागी खेलाडीहरुको सम्पूर्ण व्यवस्थापन नेपाली काँग्रेस रामेछाप `क´ सभापति निरोज खड्काले गरेका थिए । 

 

चार दिन सम्म भएको खेलमा बेस्ट लिब्रो रामेछापका माइकल आले र बेस्ट स्पाइक रामेछापकै रोशन मगरले हात पारे  ।