रामेछापमा सुनकोशी मरिण डाइभर्सन : प्रभावित क्षेत्रका स्थानीय र सरोकारवालाबिच छलफल, २० जनालाई तत्काल रोजगारी दिने सहमति

| माघ २, २०८० मंगलबार

A A A
A A A

 ०२ माघ, रामेछाप । रामेछाप र सुनकोशी नदीमा निर्माणाधीन सुनकोशी मरिण डाइभर्सन आयोजना र  रामेछाप तर्फ प्रभावितहरूबिच छलफल भएको छ । आफूहरूको रोजगारी सहित विभिन्न माग राखेर चरणबद्ध आन्दोलनमा समेत रहेका प्रभावित क्षेत्रका माझी समुदायहरूले मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापमा आफ्ना पीडा र समस्या सुनाएका हुन् । 

 

नेपाल माझी उत्थान संघ रामेछापको अगुवाइमा भएको छलफलमा सुनकोसी मरिण डाइभर्सन आयोजना प्रमुख मित्र बराल (रोमन कन्स्ट्रक्सन), प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनिता निरौला, आदिवासी जनजाति महासंघ रामेछापका  अध्यक्ष श्रीबहादुर माझी, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, खाँडादेवी गाउँपालिका वडा ४ पूर्व वडा अध्यक्ष धनबहादुर मानन्धर, मन्थली नगरपालिका ७ पूर्व वडा अध्यक्ष सुदर्शन प्रसाईँ, सुनकोसी गाउँपालिका सिन्धुलीका प्रभावित, मन्थली नगरपालिका वडा नं ६ का वडा अध्यक्ष अशोक तामाङ, सुनकोसी–२ जलविद्युत विरुद्ध सङ्घर्ष समितिका संयोजक बलवीर माझी (नवराज), राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहितको उपस्थिति र ऐकेबद्दतामा विभिन्न १८ बुँदै माग गरेका छन् । 

 

आफूहरूको थाक थलो मासिने र उठिबास हुने भन्दै आयोजना बन्न नदिने सम्मको विरुद्धमा लागेका प्रभावित क्षेत्रका पीडितहरूले आफूहरूले आयोजनामा तत्काल ५० जनाले आयोजनामा रोजगारी पाउनु पर्ने माग गरेका थिए । जसमा २० जनालाई आयोजनाले उनीहरूको क्षमता अनुसारको काममा लगाउने सहमति सहित प्रतिबद्धता भएको छलफलमा सहभागी एक पीडितको भनाई उदृत गर्दै बालकृष्ण माझीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

सरकारले ठुला ठुला राष्ट्रिय गौरवका आयोजना ड्याम हाइड्रोपावर, सिम्बाई र पुल बनाएर (आई एल ओ १६९) जल जमिन र जङ्गल जस्ता आदिवासीका अधिकार भित्र आफू खुसी दोहन गर्ने काम भएको उल्लेख गर्दै पीडित समूहले २०७९ चैत्र २६ गते माझी समुदाय र अन्य प्रभावित व्यक्तिहरू र पटेल रमन कन्स्ट्रक्सन बिच विभिन्न बुदामा भएको सहमति समेत कार्यान्वयन नभएकोमा आक्रोश व्यक्त गरे । 

 

पटक पटक आफ्नो माग गर्दै आउँदा प्रशासन र प्रहरीबाट समेत हस्तक्षेप गर्ने काम भइरहेको भन्दै प्रभावितहरूले आफ्ना  मागहरूलाई अभिआलम्बन कार्यान्वयन गर्न भनेका छन् । साथै उनीहरूले आफ्ना मागलाई व्यवस्था गरेमा संघर्षका कार्यक्रम अगाडी बढाउने समेत चेतावनी दिएको छ । 

 

 

उनीहरूले आफ्ना मागसहित सामाजिक विकासमा समेत ध्यान पुर्‍याउन समेत आयोजनालाई दबाद दिएका छन् । 

 

यस्ता छन् उनीहरुका माग हेर्नुहोस्