रामेछापमा ‘योग’ दिवस : वक्तृत्वकला प्रतियोगितामा मन्थली माविकी छात्रा प्रथम, कालिका मावि देउरालीकी दोस्रो

| माघ ३, २०८० बुधबार

वक्तृत्वकला प्रतियोगितामा बोल्दै मन्थली माविकी छात्रा ।
A A A
A A A

३ माघ, रामेछाप । ‘गरौँ योग, रहौँ निरोग’ भन्ने मूल नारा सहित साता व्यापी रूपमा मनाइएको कार्यक्रम अन्तर्गत बुधवार भएको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा मन्थली माविकी छात्रा प्रथम भएकी छन् ।

 

जिल्ला भरीका ७ जनाले छात्रा छात्रले सहभागिता जनाएको सो प्रतियोगितामा मन्थली माविकी छात्रा रचना थापाले प्रथम स्थान हासिल गर्दै प्रथम पुरस्कार नगद १५ हजार सहित प्रमाणपत्र जितेकी हुन् । 

 

त्यस्तै कालिका मावि देउरालीकी छात्रा सुस्मिता रोका दोस्रो बनेकी छिन् । उनले नगद १० हजार र प्रमाणपत्र पाइन् । कमलादेवी मावि नामाडीकी छात्रा अञ्जना खड्काले तेस्रो हुँदै नगद ५ हजार प्रमाणपत्र र  प्रयागेश्वर मावि पकरबासकी छात्रा निरुता कार्की सान्त्वना हुँदै नगद २ हजार रुपैयाँ र प्रमाणपत्र पाएकी छन् । 

यो वर्ष रामेछापमा योग दिवसको अवसरमा प्रभातफेरी, प्रवचन, रक्तदान, म्याराथुन दौड, योग र ध्यान सहित वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरियो । बुधवारै सम्पन्न भएको म्यराथुन दौड प्रतियोगितामा प्रध्युम्न सापकोटा प्रथम, गणेश खड्का द्वितीय र विजय लामा  पुरुष तर्फ तेस्रो भए  । 

 

महिला तर्फ प्रथम मिङ्मा शेर्पा प्रथम बनिन् । उनीहरू सबैलाई जीवन विज्ञानका राष्ट्रिय विज्ञ रमेश नेपाल सहितको उपस्थितिमा सांसद पूर्णबहादुर तामाङ (कान्छाराम), प्रदेश सांसद आनन्द कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले पुरस्कार प्रदान गरे ।