मन्थली दुग्ध सहकारी संस्थाले प्रशासन र उद्योग वाणिज्य संघलाई पत्र बुझाउँदैभन्यो–‘भुस र पराल आयातमा सहजिकरण गरिदिनू’

| माघ ५, २०८० शुक्रबार

A A A
A A A

५ माघ, रामेछाप । मन्थली दुग्ध सहकारी संस्थाले बाहिरी जिल्लाबाट भुस आयात गर्दा भएको समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय र रामेछाप उद्योग वाणिज्य संघलाई पत्र मार्फत आग्रह गरेको छ । यस अगाडि पशुपालन गर्न आवश्यक पराल, भुस लगायतका सामाग्री आयात गर्दा समस्या भएको भन्दै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै समाधान गर्न आग्रह गरेका थिए । 

 

यस अगाडि किसानहरुले उक्त समस्या समाधान नगरिदिए प्रशासन र संघको कार्यालय घेर्न आउने सम्मको चेतावनी दिएका थिए । 

 

शुक्रवार आज सहकारीका अध्यक्ष ध्रुव कुमार थापाले समस्या समाधान गर्न भूमिका खेलिदिन प्रशासन र संघकालाई छुटा छुट्टै पत्र बुझाउँदै आग्रह गरेका हुन् । जिल्ला प्रशासनमा पुगेर अध्यक्ष थापा सहितको टोलीले प्रमुख जिल्ला अधिकारी अनिता निरौला र संघका निवर्तमान अध्यक्ष केशव घिमिरे र सदस्य विजय श्रेष्ठलाई पत्र बुझाउँदै व्यवासयीक रूपमा करिब ९० प्रतिशत किसानहरूले गाई पालन गर्दै आएको र गाईको लागि खुवाउने भुस र पराल बाहिरी जिल्लाबाट १०० बोरा भन्दा बढी ल्याउन अनुमति नभएकाले उक्त समस्यामा समाधान गरिदिन माग गरेका हुन् । 

पत्रमा लेखिएको छ ‘सिन्धुली जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी एल.पी.गाडीबाट २०० बोरा भन्दा माथि परालको भुस ल्याउने व्यवस्था मिलाउन सहजीकरण’ गरिदिनु ।'

 

तोकिएको परिमाण भन्दा बढी भुस र पराल आयात गर्दा अहिले ट्राफिक प्रहरीले चेकजाँच गर्दै परिमाण भन्दा बढी भए प्रतिबोराको मूल्य तिर्नु पर्ने बाध्यता रहेको किसानहरुले बताउने गरेका छन् । 

 

यो हेर्नुहोस् पत्र