प्रदीप कठायतको घरमै श्रीमतीको हैसियतले बस्न पाउनु पर्ने भन्दै बिनु यादवले सुरु गरिन् रामेछाप प्रशासनमै अन्सन् सहितको धर्ना (भिडिओसहित)

| माघ ८, २०८० सोमबार

A A A
A A A

८ माघ, रामेछाप । उच्च अदालतले प्रदीप कठायतसँग सम्बन्ध बिच्छेद्को फैसला उल्ट्याइ दिएपछि श्रीमानको घर मन्थली बस्न आएकी बिनु यादव (कठायत) ले श्रीमानको परिवारले घरमा बस्न नदिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा अन्सन् सहितको धर्ना सुरु गरेकी छन् । केही वर्षदेखि विभिन्न घटना क्रमले चर्चामा आएकी बिनुले कठायत परिवारले आफूलाई अदालतको आदेश बमोजिम घरमा बुहारीको हैसियतले बस्न नदिएको भन्दै जिल्ला प्रशासनमा गुनासो गर्न पुग्दा प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनिता निरौलाले आफ्नो कुरालाई कठायत परिवार सँगको साँठगाँठमा नसुनेको आरोप लगाउँदै प्रशासनमै धर्ना सुरु गरेकी हुन् ।

 

जिल्ला प्रशासन कार्यालय रामेछापको गटैमा आइतबार अपरान्ह्वदेखि धर्ना बसेकी बिनुले ‘मैले जब सम्म न्याय पाउँदिन तबसम्म यहाँबाट उठ्दिन । रातदिन पानी पनि नखाई यही ठाउँमा बस्छु । तर, मैले न्याय पाउनु पर्छ ।’ 

 

प्रमुख जिल्ला अधिकारी निरौलाले कठायत परिवारसँग फोन गरेपछि आफूलाई दिन लागेको सहयोग रोकेको भन्दै उनले प्रमुख जिल्ला अधिकारीको स्वच्छ र पारदर्शी सेवामा समेत प्रश्न गर्दै भनिन् ‘म कानुनलाई बुझेर कति ठाउँ धाएर आउने मान्छेलाई त यस्तो एक कल फनको भरमा काम रोक्नु हुन्छ भने यहाँ गाउँबाट आउने मान्छे को हालत के होला ? कसरी सेवा पाएका छन् । महिला नै सिडिओ भएर पनि महिलाको कुरा बुझ्न नसक्ने यो सब साँठगाँठमा भएको हो ।’

 

अर्की एक साथी सहित प्रशासनको चिसो सिमेन्टमा बसेकी यादवले आफू असुरक्षित रहेको समेत दाबी गर्दै ज्यान तलमाथि भए त्यसको सबै जिम्मेवारी प्रमुख जिल्ला अधिकारी हुने जिकिर गरिन् । 

 

उनले सिडिओको भूमिकामा प्रश्न उठाउँदै भनिन् ‘म यहाँ शुक्रवारै आउँदा जनप्रतिनिधि सबैसँग बसेर मिलाउँला भन्नु भयो । शनिवार बिदा । आइतबार (आज) त केही न, केही त गर्न सकिन्थ्यो । तर, विभिन्न कार्यक्रममा डुल्दै हिँडेर मलाई दुःख दिने नियतले केही नभए जस्तो गर्न मिल्छ ? त्यसैको विरुद्ध यहाँ बसे ।’ 

 

 

बिनु र प्रदीप बिच जिल्ला अदातल रामेछापले २०७९ वैशाख ७ गते न्याधिश बद्रीप्रसाद वलीको एकल इजलासले सम्बन्ध  बिच्छेद् (डिभोर्स) भएको फैसला गरिदिएको थियो । तर, बिनुले जिल्ला अदालतको उक्त फैसला विरुद्ध २०७९ असार १६ गते उच्च अदालतमा मुद्दा दर्ता गरेकी थिइन् । 

 

सोही अनुसार गएको जेठ ९ गते उच्च अदालतले जिल्ला अदालतले गरेको बिनु र प्रदीपको ‘डिभोर्स’को फैसला उल्ट्याइदिएको थियो । उक्त फैसलाले प्रदीप र आफू श्रीमान् श्रीमती रहेको पुष्टि गरेको जिकिर सहित पति प्रदीपको घरमा बस्न आएको र त्यो आफूले कुनै हालतमा पाउनु पर्ने उनको माग छ । 

 

बिनु र प्रदीपबिच २०७७ साल जेठ ४ गते विवाह दर्ता गरेको प्रमाण देखिन्छ । विवाह गरेको लामो समयपछि मात्रै विवाह दर्ता गरिएको बिनुले बताउँदै आएकी छिन् । 

 

आफूहरू बिच प्रेम विवाह भएको उनले बताएकी हुन् । उनी यसअगाडि विभिन्न समयमा आफू माथि घरेलु यौन हिंसामा परेको भन्दै काठमाडौँका विभिन्न ठाउँमा न्यायको माग गर्दै आमरण अन्सन् समेत बस्दै थिइन् । 

 

प्रशासन गेटमा धर्नामा बसेकी बिनु यादबको तस्बिरहरु पनि हेर्नुहोस् ।

 

बिनु यादवसंग सम्बन्धित यी समाचार पनि पढ्नुहोस् 

उच्च अदालतले बिनु र प्रदीपको सम्बन्ध बिच्छेद्को फैसला उल्ट्याइदियो, ‘डिभोर्स’ नहुने
 

कठेत घटना प्रकरणको नालिबेलीः फिल्मी शैलीमा पत्रकार सम्मेलनमा यस्तो सम्म भयो, बिनुले भनिन् ‘प्रदिपसंग २ दिन अगाडि यौन सम्पर्क भएको छ’ (भिडिओसहित)
 

भतिजी बुहारीमाथि जबरजस्ती करणी प्रकरणः आरोपी कठेत धरौटीमा छुट्दै, पीडित भनिएकी यादवले गरिन् हातपात
 

आफ्नै बुहारीमाथि पटक-पटक जबरजस्ति करणी गरेको आरोपमा कठेत पक्राउ

मिलन घिमिरे
| भदौ ६, २०८१ बिहिबार