जिल्ला अस्पताल रामेछापमा पहिलो पटक संचालनमा आयो दुई बेड् ‘आ.ई.सि‍.यू’ सेवा

| माघ ८, २०८० सोमबार

A A A
A A A

८ माघ, रामेछाप । जिल्ला अस्पताल रामेछापमा पहिलो पटक (आ.ई.सि‍. यू) इन्सेन्टिप केयर युनिट सेवा सुरु भएको छ । पछिल्लो समय आफ्नो सेवालाई विस्तार गर्दै आएको जिल्ला अस्पतालले पछिल्लो पटक (आ.ई.सि‍..यू) सेवा सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी रवीन्द्र चौधरीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘यो पहिलो पटक सेवा सुरु गरेर प्रयोगमा समेत आइसकेको छ ।’

 

आइतबार एक जना बिरामीलाई (आ.ई.सि‍..यू) मा राखेर उपचार थालिएको सूचना अधिकारी चौधरीले बताएका हुन् । यो सेवा सुरु हुनु अस्पतालको लागि धेरै महत्पूर्ण प्रगति भएको चौधरीले बताए ।

 

अस्पतालमा दुई बेड्को (आ.ई.सि‍..यू) सेवा जटिल प्रकारका बिरामीलाई विशेष तरिकाले उपचार गर्नेको लागि सुचारु भयसँगै यस अगाडि  (आ.ई.सि‍..यू) मा राख्नु पर्ने बिरामीलाई अन्यन्त्र रेफर गर्नु पर्ने झञ्जट समेत अन्त्य भएको छ । भने, बिरामीले पनि यहीँ उपचार गर्न पाउने भएपछि सहज भएको छ । 

 

डाइलसिस्, अक्सिजन, बिरामी भर्ना सहित सेवालाई थप नागरिक मैत्री बनाउँदै अगाडी बढेको जिल्ला अस्पताल बागमती प्रदेश सरकारको पहलमा ५० शैय्याको अस्पतालमा समेत विस्तार हुँदै छ ।