नेपाली कांग्रेस रामेछापले ६४ वटै वडामा माघ १६ गते एकै दिन `समुदायमा कांग्रेस´ अभियान गर्ने, खटायाे प्रतिनिधि (सूचीसहित)
८ माघ, रामेछाप । नेपाली कांग्रेस रामेछापले आउदाे माघ १६ गते एकै दिन `समुदायमा कांग्रेस´ अभियान कार्यक्रम गर्ने भएको छ । त्यसकाे लागि ८ स्थानीय तहका ६४ वटै वडामा प्रतिनिधि समेत ताेकेकाे छ ।
साेमबार पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) काे सभापतित्वमा बसेकाे जिल्ला कार्यसमितिकाे बैठकले यही माघ १३ गतेदेखि २६ गतेसम्म देशव्यापी रुपमा पार्टीले गर्न लागेकाे अभियानलाई एकै दिन १६ गते एकै चरणमा सुरु गर्ने निर्णय गरेकाे पार्टी उपसभापति लेखबहादुर कार्कीले जानकारी दिए ।
याे अभियानमा कांग्रेसले समुदायमा पुगेर जनताको अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीय स्तरमा सेवा प्रवाहकाे अवस्था, विकास निर्णय, समुदायमा भएका असल अभ्यास लिने र पार्टीको नीति निर्माणमा नीतिगत मार्गदर्शनकाे रुपमा लिने उद्देश्यका साथ आयाेजना गरिएकाे कांग्रेसले भनेकाे छ ।
आजकै बैठकले अभियानमा ६४ वटै वडामा खटिने प्रतिनिधिलाई जिम्मेवारी समेत दिइएको जिल्ला कार्यसमिति सदस्य हिमाल ढुङ्गेलले रामेछाप टाइम्सलाई जानकारी दिए ।
कुन स्थानीय तहकाे वडामा काे प्रतिनिधि खटिए हेर्नुहाेस् ।