घरेलु तथा साना उद्योग कार्यालयको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक : ६८ वटा उद्योग दर्ता, २६० वटा उद्योग नवीकरण, २९ लाख बढी राजश्व संकलन

| माघ ९, २०८० मंगलबार

फाइल फोटो ।
A A A
A A A

९ माघ, रामेछाप । घरेलु तथा साना उद्योग कार्यालय, रामेछापले चालु आर्थिक वर्षको अर्ध वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । यो कार्यालयले पुस मसान्त सम्म चालु खर्च तर्फ ४५ प्रतिशत खर्च गरेको जनाएको छ । पुँजीगत खर्च भने गर्नै सकेको छैन । 

 

सोमबार सार्वजनिक गरिएको अर्धवार्षिक विवरणमा राजश्व तर्फ अन्य प्रशासनिक सेवा शूल्क जम्मा ७ हजार ६ सय, प्रशासनिक दण्ड जरिवाना र जफतबाट १ लाख २७ हजार रुपैयाँ र व्यवसाय रजिस्ट्रेसनबाट कूल २८ लाख २३ हजार ८५० रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिएको हो । 

 

यसरी घरेलु कार्यालयले ६ महिनामा कूल २९ लाख ५८ हजार ४५० रुपैयाँ राजश्व संकलन गरेको कार्यालयका सूचना अधिकारी निरज खड्काले जानकारी दिए । 

 

गएको साउन देखि पुस मसान्त सम्म यस कार्यालयमा ६८ वटा उद्योग दर्ता, २६० वटा उद्योग नवीकरण र २५ वटा वाणिज्य दर्ता भएको कार्यालयले जनाएको हो । 

 

त्यस्तै उपभोक्ता हक हित सचेतना १ दिने अन्तरक्रिया गरेको भन्दै गाउँपालिका र नगरपालिकाका गरी कूल ८ वटा विद्यालयका ६५० जना विद्यार्थीलाई उपभोक्ता सचेतना गराएको जनाएको छ । 

 

४० जनाले उद्मशिलता विकास लिएका छन् । भने,३६० घण्टा अर्थात् ६५ दिने गलैँचा बुनाई सीप विकास तालिम ३४ जनाले लिएको छ । 

 

चाड् पर्व लक्षित मात्रै बजार अनुगमन भएको भनेर उपभोक्ता स्तरबाट आवाज उठिरहेको बेला घरेलु कार्यालयले भने यो ६ महिनामा १० पटकमा २६४ वटा पसल व्यवसायहरूको अनुगमन गरेको कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिए । उक्त बजार अनुगमनमा १३ वटा पसल व्यवसायहरूलाई कारबाही गरिएको खड्काले बताए । 

 

त्यस्तै सोही अवधिमा साझा सुविधा केन्द्र (सिएफ्सि) निर्माणको लागि जग्गा छनौट भएको प्रस्ट्याउँदै ७६ वाट प्रविधि हस्तान्तरण कार्यक्रम प्रस्ताव संकलन गरेको जानकारी दिएका हुन् ।