बिनु यादव घटना प्रकरण : सोमबारको छलफल निष्कर्ष विहीन, आज सुरक्षा समितिको बैठक बस्दै

| माघ ९, २०८० मंगलबार

प्रशासनको गेटमा धर्नामा बसेकी बिनु यादब ।तस्बिरः मिलन घिमिरे/रामेछाप टाइम्स फाइल ।
A A A
A A A

९ माघ, रामेछाप । गत आइतबार अपराह्ण देखि जिल्ला प्रशासन कार्यालय रामेछापमा अन्सन् सहित धर्ना सुरु गरेकी बिनु यादव घटना प्रकरणमा सोमबार प्रशासनमा भएको छलफल निष्कर्ष विहीन टुङ्गिएको छ । बिनु यादव र उनका श्रीमान् प्रदीप कठायतको परिवारले आ–आफ्नो अडान नछोडेपछि वार्ता वा छलफल बिना निष्कर्ष टुङ्गिएको छलफलमा सहभागी नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरेले बताए । ‘दुवै पक्षले अडान नछोड्दा बिना निष्कर्ष टुङ्गियो ।’

 

यादवले मन्थली स्थित जिल्ला प्रशासनको गेटमा उच्च अदालतले प्रदीप कठायतसँगको सम्बन्ध बिच्छेद्को फैसला उल्ट्याइ दिएपछि प्रदीपको घर मन्थली बस्न आएकी बिनु यादवले श्रीमानको परिवारले घरमा बस्न नदिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा अन्सन् सहितको धर्ना दिइरहेकी छन् । 

 

सोमबार प्रशासनमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनिता निरौला, संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम), प्रदेश सांसद आनन्द कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख चिना खड्का (कार्की), मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपाने, वडा अध्यक्ष, मानव अधिकारकर्मीहरू, प्रदीप कठायतको परिवार, पत्रकार, सञ्चारकर्मी, केही अगुवा र पीडित भनिएकी बिनुसहित दिन भएर भएको छलफल नटुङ्गिएपछि स्थगित गरिएको थियो । 

 

मङ्गलवार आज बिहान रामेछाप टाइम्सले प्रमुख जिल्ला अधिकारी निरौलासँग गरेको फोन संवादमा (सिडिओ) निरौलाले  भनिन ‘हिजोको बैठकमा जनप्रतिनिधिको मुख्य रोहबरमा बसेको हो, दुवै पक्षले आ–आफ्नो माग र अडान नछाड्दा टुङ्गिन नसकेको भन्ने नै आयो । हाम्रो भूमिका त, हिजो बुझ्ने मात्रै भयो । आज सुरक्षा समितिको बैठक बस्छौँ त्यसपछि के हुन्छ । अनि निर्णय गर्छौँ ।’

 

हिजोको बैठकले दुवै पक्षको मागलाई गहिराइमा गएर छलफल भए पनि निर्णय गर्न नसकेपछि आज सुरक्षा समितिको बैठक बसेर कसरी दुवै पक्षको शान्ति सुरक्षालाई बलियो र भरपर्दो पार्ने भन्ने नै आफूहरूको दायित्व रहेको भन्दै सिडिओ निरौलाले भनिन् ‘हाम्रो जिम्मेवारी नै सुरक्षा हो । त्यसबारेमा आज छलफल हुन्छ ।’

 

त्यस्तै सोमबारको बैठकमा सहभागी जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक रञ्जन गिरीले पनि दुवै पक्षको अडानका कारण बैठक बिना निष्कर्ष टुङ्गिएको रामेछाप टाइम्सलाई बताए । इन्स्पेक्टर गिरीले दुबै तर्फबाट आ-आफ्नै अगाडनबाट लचक्ता नदेखाउँदा समस्या भएको बताए । ‘पहिले पनि त्यस्तो आरोप लगाउने मान्छेलाई कसरी एकै घरमा राख्न सकिँदैन भन्ने विषय छलफल आयो । त्यसैले टुङ्गिन सकेन ।’

 

तर, उक्त कुरालाई बिनु यादवले नस्विकार्दा समस्या झन् जटिले बन्दै गएको बुझिएको छ । 

रातभर प्रशासन गेटमा धर्नामा बसेकी बिनु यादव, तस्बिर सामाजिक संजाल ।

 

बिनु र प्रदीप बिच जिल्ला अदालत रामेछापले २०७९ वैशाख ७ गते न्याधिश बद्रीप्रसाद वलीको एकल इजलासले सम्बन्ध  बिच्छेद् (डिभोर्स) भएको फैसला गरिदिएको थियो । तर, बिनुले जिल्ला अदालतको उक्त फैसला विरुद्ध २०७९ असार १६ गते उच्च अदालतमा मुद्दा दर्ता गरेकी थिइन् । 

 

 

सोही अनुसार गएको जेठ ९ गते उच्च अदालतले जिल्ला अदालतले गरेको बिनु र प्रदीपको ‘डिभोर्स’को फैसला उल्ट्याइदिएको थियो । उक्त फैसलाले प्रदीप र आफू श्रीमान् श्रीमती रहेको पुष्टि गरेको जिकिर सहित पति प्रदीपको घरमा बस्न आएको र त्यो आफूले कुनै हालतमा पाउनु पर्ने उनको माग छ । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार