बिनु यादव प्रकरण : सुरक्षा समितिले निर्णय गरेर ‘सिडिओ’ले थमाएको पत्र बिनुले च्यातेर फालिन् (तस्बिरहरु)

| माघ ९, २०८० मंगलबार

A A A
A A A

९ माघ, रामेछाप । आइतबार अपरान्ह्व देखि जिल्ला प्रशासन कार्यालय रामेछापको मूल गेटमा आमरण अन्सनसहित धर्नामा बसेकी बिनु यादवले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भएको निर्णय अस्वीकार्य भएको भन्दै च्यातेर फाल्दिएकी छन् । उनले पति प्रदीप कठायतको घरमा पस्न पाउनु पर्ने मागको विकल्प नभएको समेत जिकिर गरेकी छन् । 

 

मंगलबार आज जिल्ला प्रशासन कार्यालय रामेछापमा बिहान देखि बसेको सुरक्षा समितिको बैठकले गरेको आठ बुँदे निर्णय च्यातेकी हुन् । प्रमुख जिल्ला अधिकारी अनिता निरौला, प्रहरी निरीक्षक रञ्जन गिरी सहित सशस्त्र, राष्ट्रिय अनुसन्धान, नेपाली सेना सहित सबै सुरक्षा निकायहरूले बिनुको जीउधनको सुरक्षाको प्रबन्ध सहित गरेको निर्णय बिनुले पढ्न थालेको केही छन्मै च्यातेर फ्यालिन् । 

 

प्रमुख जिल्ला अधिकारी निरौलाले उक्त पत्र माथिल्लो निकायमा जानकारी गराउने बिनुलाई जानकारी दिँदै भनिन् ‘तपाई यसरी हुँदैन । तपाईँको सबै माग पूरा गर्न हामी सक्दैनौँ । यो माथि जानकारी गराउँछौँ ।’ 

 

सोमबार पनि बिहान देखि अबेर सम्म बसेको बैठक निष्कर्ष विहीन टुङ्गिएको थियो । 

 

यस्तो भयो पत्र बुझाउँदा  

बिनु मूल गेटमै सुतिरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी निरौला प्रशासनका कर्मचारी, प्रहरी र सबै सुरक्षा निकायका प्रमुखहरू सहित बिनुको अन्नस छेउमा आइन् । 

 

केही बेर अगाडि देखिनै त्यस क्षेत्रमा ठुलो मात्रमा प्रहरी परिचालन गरिएको थियो । प्रजिअ निरौलाले उनको स्वास्थ्य अवस्था सोधै आफूहरू पत्र तयार पारेको र उक्त पत्र बुझ्न आग्रह गरिन् । बिनुले म बुझ्दिन भन्दै आफ्नो अडान दोहोराइरहिन् । प्रजिअ निरौलाले केही बेलिबिस्तार लगाउँदै पत्र बुझ्ने आग्रह गरिन् । पढ्न नसक्ने भए पढेर सुनाउँछौँ पनि प्रमुख जिल्ला अधिकारीले भनिन् । अन्कनाउँदै पत्र बुझेकी बिनुले २/४ लाइन पढेपछि त्यसो भए तपाईँको पत्र च्यातिदिन्छु भन्दै च्यातिन् । 

 

बिनुले आफू मर्न तयार छु तर, म औषधि पनि खान्न पत्र पनि बुझ्दिन भनिन् । 

 

तस्बिरहरु हेर्नुहोस् 

यो पनि पढ्नुहोस् 

बिनु यादव घटना प्रकरण : सोमबारको छलफल निष्कर्ष विहीन, आज सुरक्षा समितिको बैठक बस्दै

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार