यस्तो छ बिनु यादवले च्यातेर फालिदिएको पत्र हेर्नुहोस् ?

| माघ ९, २०८० मंगलबार

A A A
A A A

९ माघ, रामेछाप । आफ्नो मागलाई व्यवस्था गर्दै गरिएको निर्णय अस्वीकार्य रहेको भन्दै प्रमुख जिल्ला अधिकारीको नेतृत्वले तीन दिन देखि आमरण अन्सनमा बसेकी बिनु यादवलाई थपाएको पत्र रामेछाप टाइम्सलाई प्राप्त भएको छ । उक्त पत्र बिनुले च्यातेर फालेकी थिइन् । 

 

मंगलबार आज जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको सुरक्षा समितिको बैठकले गरेको आठ बुँदे निर्णय गरेर बिनुलाई अन्नत तोड्न र धर्ना समेत रोक्न आग्रह गर्ने तयारी गरेको थियो । तर, प्रशासनको मूल गट्मै धर्ना दिई रहेकी यादवले आफ्नो माग पती प्रदीप कठायतको घरमा बस्न पाउनुको विकल्प नरहेको भन्दै च्यातेर फलेकी थिइन् । 

 

उक्त पत्रमा सोमबार पनि बिहान देखि अबेर सम्म बसेको बैठक निष्कर्ष विहीन टुङ्गिएको उल्लेख सहित ‘बिनु यादव मन्थली नगरपालिका वडा नं १ भैसेश्वर स्थित घरमा बस्न जाँदा निजको जीउधनको सुरक्षाको प्रबन्ध गरिएको, प्रहरीको सुरक्षा प्रबन्ध सहित घरमा पस्न गएकी निज बिनु यादवलाई घर परिवारले बस्न दिन इन्कार गरेपछि श्रीमान् श्रीमती बिच मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष होम प्रसाद पौडेलको रोहवरमा छलफल गराइएको छ।’

 

यो हेर्नुहोस् बिनुले च्यातेर फालिदिएको पत्रमा के–के लेखिएको छ 

यो पनि पढ्नुहोस् 
बिनु यादव प्रकरण : सुरक्षा समितिले निर्णय गरेर ‘सिडिओ’ले थमाएको पत्र बिनुले च्यातेर फालिन् (तस्बिरहरु)