बिनु यादवको घटनामा कानुन भन्दा बाहिर जान मिल्दैन, उसले न्याय पाउनु पर्छ–सांसद ‘कान्छाराम’

| माघ १०, २०८० बुधबार

A A A
A A A

१० माघ, रामेछाप । सांसद एवं नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले चार दिन देखि जिल्ला प्रशासन कार्यालय रामेछापको मूल गेटमै आमरण अन्नसनसहित धर्नामा बसेकी बिनु यादव (कठायत) ले न्याय पाउनु पर्नेमा जोड् दिएका छन् । बिनु यादवको यो घटनामा आफूहरूले उसको मागलाई सम्बोधन गर्नु दायित्व रहेको र यसको विकल्प समेत तत्काल नदेखिएकाले समाधान तर्फ जानु पर्नेमा जोड् दिए । 

 

मंगलबार रामेछाप टाइम्ससंगको कुराकानीमा सांसद तामाङले उच्च अदालतले आदेश दिई सकेको यो घटनामा कानुन भन्दा  बाहिर जान नमिल्ने र नसकिने भने ‘सर्वोच्च अदालतमा मुद्दा फैसला हुन बर्सौँ लाग्न सक्छ । त्यस्तै अवस्थामा अन्य परिस्थिति जे पनि आउन सक्ने हुँदा अहिले समाधानमा जानु नै उत्तम हो ।’

 

आफूले यो घटनामा राजनीतिक रङ्ग मिसाएर समेत नरहेको प्रष्ट पार्दै कसैले त्यो गर्न नहुने सुझाए । ‘यसमा राजनीति मिसाउन मिल्दैन । पीडितले न्याय पाउनु पर्छ । दिन-दिनै त्यसरी बस्दा उसको (बिनुको) ज्यान गयो भने त को जिम्मेवार हुने ? त्यसैले समाधान तर्फ बिना स्वार्थ लाग्नु पर्छ ।’

 

(बिनुको) ज्यान गयो भने त को जिम्मेवार हुने ? त्यसैले समाधान तर्फ बिना स्वार्थ लाग्नु पर्छ ।’

 

 

काँग्रेस जिल्ला पार्टी सभापति समेत रहेका सांसद तामाङले बिनु यादवले पनि आफ्ना माग पूरा गर्न प्रशासन र सम्बन्धि निकायबाट भएका पहलहरूलाई अनुसरण गरेर जानु पर्नेमा सुझाए । यस विषयलाई प्रशासनले के गर्न सकिन्छ तत्काल समाधान तर्फ जानु उपयुक्त हुने उनको भनाई छ । 

 

त्यस्तै जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की) ले पनि विधि र कानूनलाई टेकेर बिनु यादबलाई न्याय दिनु पर्ने बताइन् । उनले निश्चपक्ष र निश्वार्थ भएर दुबै पक्षलाई समेटदै बिनुको जिवन बचाउनु पर्नेमा जोड् दिइन् । अदालतले आदेश दिएको अवस्थामा कानून अनुसारनै उसको माग पुरा गर्न लाग्नु आजको आवश्यकता रहेको समन्वय प्रमख खड्काको भनाई छ । 

 

गएको आइतबार देखि बिनु यादव रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ घर भई लामो समयदेखि मन्थलीमा बसोबास गर्दै आएका प्रदीप कठायतको श्रीमतीको हैसियतले उसको घरमा पस्न र बस्न पाउनु पर्ने मागसहित प्रशासनको गेटमा धर्नामा बसिरहेकी छन् । उनले आफ्नो माग पुरा नहुँदा सम्म औषधि सहित पानी पनि नखाने अडान व्यक्त गर्दै आएकी छन् । 

 

यो पनि पढ्नुहोस् 
यस्तो छ बिनु यादवले च्यातेर फालिदिएको पत्र हेर्नुहोस् ?