रामेछापमा डिप्लोमा इन्जिनियर एशोसियसन नेपाल गठन, अध्यक्षमा होम खड्का

| माघ १०, २०८० बुधबार

A A A
A A A

१० माघ, रामेछाप । रामेछापमा पहिलो पटक डिप्लोमा इन्जिनियर एशोसियसन नेपाल (डिन) जिल्ला कमिटी गठन गरिएको छ । मंगलबार मन्थली नगरपालिकामा जिल्ला भित्रका इन्जिनियरहरूको भेलाले मन्थली नगरपालिकामा कार्यरत होमबहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको अध्यक्ष अड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । उक्त समिति अपूरो हो । सो अपूरो समितिलाई गठित समितिले पूर्णता दिने समेत निर्णय गरिएको छ । 

 

उनका अनुसार उक्त समितिको उपाध्यक्षमा पूर्वाधार कार्यालय रामेछापमा नवराज थापा चयन भएका छन् । 

 

त्यस्तै सचिवमा खाँडादेवी गाउँपालिकामा कार्यरत अर्थ विक्रम लामा, कोषाध्यक्षमा मन्थली नगरपालिकामै कार्यरत कृष्णदाश श्रेष्ठले जिम्मेवारी पाएका छन् । 

 

पूर्वाधार विकास कार्यालयकै प्रचण्ड ढुङ्गेलले सहसचिवको जिम्मेवारी पाउँदा पूर्वाधार विकासकै बिपुल रोक्का, खाँडादेवी गाउँपालिकामा कार्यरत पवित्रा कार्की सदस्यमा चयन भएका छन् । 

 

उक्त सात सदस्यीय जिल्ला कमिटीले जिल्लाभित्रका सबै स्थानीय तहमा कार्यरत इन्जिनियरहरूलाई समेटेर ११ सदस्यीय जिल्ला कमिटीलाई पूर्णता दिने निर्णय समेत गरेको छ ।