वाणिज्य बैंक मन्थलीले मनायौ ५९ औँ वार्षिक उत्सव

| माघ ११, २०८० बिहिबार

A A A
A A A

११ माघ, रामेछाप । राष्ट्रिय वाणिज्य बैक मन्थली शाखाले आफ्नो ५९ औँ वार्षिक उत्सव मनाएको छ । बुधवार आफ्नै  कार्यालयमा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, वडा नं १ का वडा अध्यक्ष होम प्रसाद पौडेल (रामहरि) सहित नागरिक समाज र असल ऋणी, असल बचतकर्ता र केही व्यवसायीहरू सहितको उपस्थितिमा वार्षिक उत्सव मनाएको हो । 

 

केक काटेर खुसी साट्दै आगामी दिनमा समेत बैकको प्रगतिको शुभकामना सहित मनाइएको वार्षिक उत्सवमा संक्षिप्त धारणा राख्दै मन्थली नगरपालिकाका प्रमुख श्रेष्ठले यो बैंकले हाल सम्म नागरिकका लागि गुनासो गर्न नपर्ने गरी प्रदान गरेको सेवाको चर्चा गरे । 

 

उनले यहाँ सञ्चालित अन्य बैंक भन्दा ठुलो र ग्राहकहरूको  विश्वास जित्न सफल भएको बताउँदै गाउँका ज्येष्ठ नागरिक र  विपन्नता सेवाग्राहीहरूको पक्षमा थप काम गर्दै जान आग्रह गरे । 

 

बैंकका व्यवस्थापक मीनबहादुर भुजेलको अध्यक्षता भएको उक्त वार्षिक उत्सवमा मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष (रामहरि), नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठ, निर्वर्तमान अध्यक्ष केशव प्रसाद घिमिरे,रामेछाप निर्माण व्यवसायी संघका उपाध्यक्ष कृष्ण थापा मगर लगायतले बैंकको प्रगति र आर्थिक पारदर्शीसहित आगामी दिनमा ग्राहले सहजै सेवा पाउने गरी सेवा प्रवाह हुनु पर्नेमा जोड् दिँदै शुभकामना दिए । 

 

त्यस्तै वाणिज्य बैंकका प्रमुख एवं व्यवस्थापक मीनबहादुर भुजेलले बैंकले आगामी दिनमा आफ्नो सेवालाई थप नागरिक मैत्री र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।

 

सो अवसरमा बैंकले एक वर्ष भरी उत्कृष्ट बचत गरेको भन्दै दामोदर थापा, नथुनी पूर्वे, ईश्वरी प्रसाद सुवेदी र अनिता भण्डारीलाई कदर पत्र सहित सम्मान गरेको थियो ।