बिनु यादव प्रकरणः पत्रकारहरूलाई ‘सिडिओ’ निरौलाले आक्रोशित हुँदै भनिन्–पाल ओडाउन दिइनन् कस्तो समाचार लेखेको ?

| माघ १२, २०८० शुक्रबार

A A A
A A A

१२ माघ, रामेछाप । रामेछापकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनिता निरौलाले पछिल्लो घटना क्रममा ‘अनर्गल’ प्रचार भएको दाबी गर्दै पत्रकारसँग आक्रोशित रूपमा प्रस्तुत भएकी छिन् । ‘चिया पसल देखि चोक–चोकमा अहिले यही विषय हट न्युज छ हुनु पनि पर्‍यो । प्रशासनले केही गर्न सकेन भन्ने जस्तो चर्चा भइरहेको छ । तर, यथार्थ र सत्य त्यस्तो हैन सिडिओ निरौलाले जिकिर सहित भनिन् । सिडिओ निरौलाले माथिको आदेश भएमा आफू जस्तो पनि कदम चाल्न तयार रहेको दृढता देखाइन् ।  

 

बिनु यादव जिल्ला प्रशासनको गेटमा ६ दिन देखि आमरण अन्नसन सहित धर्नामा बसेको र उनका मागलाई सम्बोधन गर्न कानुनी पाटोले नदिएको । सकेजती आफूहरूले गरेको प्रस्ट पार्दै आफूहरूले चाहेर पनि गर्न नसकिने सुनाइन् । सिडिओ निरौलाले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बिनु यादव धर्नामा बस्नै नमिल्ने प्रस्ट्याउँदै उनले कानुनलाई हातमा लिने काम गरेको बताइन् 

 

तपाईँहरूले पत्रकारिता बुझेको छ । मैले सुरुमै सिकाएकी थिएँ त । के समाचार लेखेको ‘सिडिओले पाल ओडाउन दिइनन्’ ।

 

अब बिनु यादवको घटनामा यादव र कठायत परिवारसँग कुनै छलफलमा नबस्ने पटक–पटक दोहोर्‍याउँदै सिडिओ निरौलाले ‘यो घटनामा अब मैले सकिन ‘हात उठाए’ अब तपाईँहरूले गरिदिनु पर्‍यो’ भन्दै जिल्लाका पत्रकारहरुसंग आग्रह गरिन् ।

 

बिहीबार जिल्लाका सबै पत्रकारलाई आफ्नो कार्यकक्षमा डाकेकी (सिडिओ) निरौलाले आफूहरूले विधि र कानुन अनुसार गर्न मिल्ने सबै गरेको भए पनि सञ्चारमाध्यमले प्रशासनले केही गर्न सकेन । पाल ओडाउन दिएन सम्म भनेर समाचार लेखिएको भन्दै पत्रकारमाथि खनिएकी हुन् । 

 

तपाईँहरूले पत्रकारिता बुझेको छ । मैले सुरुमै सिकाएकी थिएँ त । के समाचार लेखेको ‘सिडिओले पाल ओडाउन दिइनन्’ । लेख्नुहोस् तर, मलाई केही छैन, सत्य लेख्नुहोस्, उनले आक्रोशित हुँदै भनिन् । 

 

छलफल सुरु गर्दै फोटो खिच्न बाहेक भिडिओ र अडिओ समेत रेकर्ड नगर्न आदेश दिँदै पत्रकार र मानवअधिकारकर्मीहरुले बिनु यादवलाई धर्नामा बस्न प्रोत्साहन गर्न खोजेको जस्तो आरोप लगाइन् । 

 

आफू र आफ्नो टिमले बिनु यादव घटनालाई शान्ति पूर्ण तरिकाले समाधान गर्नै प्राथमिकता दिएको जिकिर गर्दै बल प्रयोग गर्न नपरोस् भन्ने नै हाम्रो चाहना हो भनिन् । सिडिओ निरौलाले अन्सनरतलाई सबैले आग्रह गरेर अन्सन तोडाउन भूमिका खेलेर पहल गर्न पत्रकार र मानवअधिकारकर्मीको साथ मागेकी हुन् । 

 

करिब १० महिना अगाडि जिल्लामा सिडिओको रूपमा आएदेखि सबै कामलाई जनहितमा हुने गरी गरेको दाबी गर्दै ‘यो घटनालाई पनि दीर्घकालिक रूपमा समाधान गर्न खोजेको हौँ ।’