रामेछापको नाग्दहमा ८ वटा खुट्टा ४ वटा कान र एउटै टाउको भएको अनौठो पाठो जन्मियो, सबै चकित

| माघ १२, २०८० शुक्रबार

A A A
A A A

१२ माघ, रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा नं ५ नाग्दहमा एउटा बाख्राले अनौठो पाठो ब्याएको छ । उक्त पाठो ब्याएको केही बेरमै मरेको बताइएको छ । 

 

बिहीबार नाग्दहकी मैयाँ श्रेष्ठको बाख्राले चार वटा कान, आठ वटा खुट्टा र अप्राकृतिक एउटा टाउको भएको पाठो ब्याएको पालिकाको पशु स्वास्थ्य प्राविधिक महेश नारायण श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । ‘अच्चमको पाठो ब्याउन नसकेपछि हामीले निकालेका हौँ । ४ वटा कान, ८ वटा खुट्टा तर टाउको र नाबी देखि माथि एउटै छ ।’

 

ब्याउनी समय पुगेर जन्मिएको पाठो जुम्ल्या जस्तो देखिए पनि नछुट्टिएर एकै ठाउँ जोडिएर जन्मिएको जस्तो देखिएको प्राविधिक श्रेष्ठले जानकारी गराए । 

 

 

बाख्राले पहिलो पटक यस्तो अनौठो पाठो ब्याएपछि सबै अचम्मित परेका छन् । यस अगाडि उमाकुण्ड गाउँपालिकाकी एक महिलाले गर्भवती बेला जथाभावी औषधि सेवा गर्दा अनौठो बच्चालाई जन्म दिएकी थियो ।