६ दिन देखि आमरण अन्सनसहित धर्नामा बसकी बिनु यादवले तोडिन् अन्सन्, मन्थली अस्पताल लगियो

| माघ १२, २०८० शुक्रबार

A A A
A A A

१२ माघ, रामेछाप । ६ दिन देखि आमरण अन्नसन सहित जिल्ला प्रशासनको मूल गेटमा धर्नामा बसेकी बिनु यादव (कठायत) ले अन्सन् तोडेकी छन् । साथै उनले धर्नामा समेत तोडेकी छन् ।

 

आज शुक्रवार साँझ साँढे छ बजेको समयमा यादवले जिल्ला प्रशासनसंग सहमति गर्दै अन्नसन तोडेकी हुन् । उनलाई अहिले स्वास्थ्य परीक्षणको लागि मन्थली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक रञ्जन गिरीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

जिल्ला अदालत रामेछापले गरेको बिनु र प्रदीप कठायतबिचको सम्बन्ध बिच्छेद्को फैसला उच्च अदालतले उल्ट्याइदिए पछि प्रदीपको घरमा पस्न र बस्न पाउनु पर्ने माग गर्दै आइतबार देखि अन्सन सहित धर्नामा बसेकी थिइन् । 

 

 

थप जानकारी केही बेरमा ......