प्रशासनसँग के सहमतिको आधारमा तोडिन् बिनु यादवले अन्सन्, यस्तो छ सहमति हेर्नुहोस् ?

| माघ १२, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

१२ माघ, रामेछाप । पति प्रदीप कठायतको घरमा पस्न र बस्न पाउनु पर्ने एक सूत्रीय माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापको मूल गेटमा धर्नामा बस्दै आएकी बिनु यादवले जिल्ला प्रशासन कार्यालयले आफ्नो माग पूरा गर्न नसक्ने भन्दै लिखित पत्र दिएपछि ६ दिन लामो आमरण अन्सन सहित धर्ना तोडेकी छन् । 

 

शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले अन्सनरत बिनु यादव र प्रदीप कठायतको परिवारबिच सहमति गराउन नसक्ने प्रस्ट उल्लेख गर्दै हाल सम्म गरेका प्रयासहरू उल्लेख गर्दै दिएको लिखित पत्र पछि यादवले ६ दिन लामो आमरण अन्सन् चिया खाएर तोड्दै अस्पताल गएकी हुन् । 

 

आफ्ना माग पूरा नभए सम्म प्रशासनकै गेट्मा मर्न समेत पछि नपर्ने अडान व्यक्त गर्दै प्रशासनलाई चुनौती दिइरहेकी यादवले प्रशासनले ‘समस्या समाधान गर्न सक्दिने भन्ने’ पत्र दिए अन्सन तोड्ने भन्दै आएकी थिइन् । 

 

सोही अनुसार शुक्रवार साँझ सहायक प्रजिअले हाल सम्मका ‘छलफलको निष्कर्ष एवं जिल्ला सुरक्षा समितिको बैठकबाट समेत तपाईँ र तपाईँको परिवार बिच समझदारीको लागि अधिकतम प्रयास गर्दा समेत शान्तिपूर्वक घरमा बस्ने सहज वातावरणको समझदारी कायम हुन नसकेको’ उल्लेखित पत्र दिएपछि अन्सन् तोडेकी हुन् । 

 

यसै विषयमा रामेछाप टाइम्ससंग कुराकानी गर्दै प्रशासनका सूचना अधिकारी प्रकाश प्रधानले यादवले शुक्रवार फेरी दिएको लिखित निवेदनको आधारमा उक्त पत्र दिएपछि अन्सन् तोडेको बताए । ‘अरू केही सहमति भएको छैन, लिखित हामीले जेदियौं त्यही हो ।’ 

 

उनका अनुसार बिनुले उक्त पत्र बुझेर सहि गरेर लिएपछि अन्सन् तोडेकी हुन् । 

 

यो हेर्नुहोस् बिनु यादवलाई प्रशासनले दिएको पत्र ।