संघीय शिक्षा ऐन संशोधन नभए सम्म शैक्षिक सुधार असम्भव –मेयर श्रेष्ठ (भिडिओ)

| माघ १३, २०८० शनिबार

A A A
A A A

१२ माघ, रामेछाप । मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ शैक्षिक सुधारको लागि ‘संघीय शिक्षा ऐन’ संशोधन नहुँदा सम्म केही नगर्न नसकिने गुनासो गरेका छन् । स्थानीय तहले चाहेर र लागि परेर मात्रै शैक्षिक सुधार सम्भव नदेखेको जिकिर गर्दै भने ‘जबसम्म संघीय शिक्षा ऐन सुधार हुँदैन तबसम्म प्रदेश र स्थानीय सरकारले केही गर्नै नसक्ने देखे । त्यो मैले भोगेर भन्दै छु’ शैक्षिक सुधारको लागि राजनीतिक दलको कार्यकर्ता हुँदा देखिनै मैले कदम चाल्दै सुनाउँदै भने ‘तर, जनप्रतिनिधि भएपछि थाहा भयो स्थानीय सरकारले चाहेर पनि गर्न नसकिने रहेछ ।’ 

 

शनिवार मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभामा बोल्दै नगर प्रमुख श्रेष्ठले संघीय शिक्षा ऐनले गर्दा प्रदेश र स्थानीय सरकारले चाहेर पनि काम हुन नसकेको बताए । 

 

नगरभित्रका ६८ वटा विद्यालय सुधारको लागि आवश्यक काम गर्न लागि परे पनि विधि र कानुनले बाँध्दा समस्या भएको धारणा राखे । ‘यस्तो भन्दा कमजोर अभिव्यक्ति दियो पनि भन्नुहोला ।  तर, यथार्थ यही हो ।’ 

 

तीन तहको कानुनले समस्या सधैँ रहे यसरी विद्यालय क्याम्पस नचल्ने जिकिर गर्दै भए सामुदायिक विद्यालय, क्याम्पसहरूलाई व्यवस्थित गर्न ऐन कानुन निर्माण गरेर जानु उपयुक्त हुने सुझाए । 

 

नेकपा एमाले प्रदेश कमिटीका नेता समेत रहेका नगर प्रमुख श्रेष्ठ शैक्षिक क्षेत्रमा राजनीतिक भन्दा पनि सामाजिक सहअस्तित्व कायम गर्दै सबैसँग सहकार्य, समन्वय मिलेर काम अगाडि बढ्नु राम्रो हुनेमा जोड् दिए ।