लिखु–२ जल विद्युत् आयोजनाको लापरबाही : गुम्देलमा जलाउँदै गरेको लाश बगायो, मलामी गएकाहरू केहीलाई समेत बगाएको आशंका

| माघ १३, २०८० शनिबार

लाश जलाउँदै गरेको स्थान र आयोजना, तस्बिर फाइल ।
A A A
A A A

 १३ माघ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देल बाल्दिङ स्थित लिखु नदीमा लाश जलाउने क्रममा लिखु–२ जलविद्युतको लापरबाहीले जलाउँदै जलाउँदै गरेको शव बगाएको छ । भने, मलामीहरूलाई हराएकाे आशंका गरिएको छ । 

 

गएको बिहीबार आत्महत्या गरेर ज्यान गुमाएका बाल्दिङका ३२ वर्षीय झपट थापा (विदुर) को शव जलाउन लिखु नदीमा पुगेर जलाउन थालेको शव लिखु–२ ले बिना सूचना एक्कासि ड्यामको पानी छोड्दा जलाउँदै गरेको लाश बगाएको मलामी गएका स्थानीय राजेन्द्र बस्नेतले रामेछाप टाइम्सलाई घटना स्थलबाट जानकारी दिए ।

 

‘हामी ५०/६० जना गएका थियाै । को-को के-के भए थाहा भएन । जल्दै गरेको शवमाथिबाट एक्कासि खोलो बग्यो ।’ 

 

अधेरो भएको कारणले पनि केही अलापत्र भएको र घर समेत फर्किएको बुझिएको छ । सबै सम्पर्कमा नहुदा समस्या भएको हाे, बस्नेतले भने ।

 

घटना आज साँझ ६ बजेको हो । घटना स्थलबाट रामेछाप टाइम्ससंग ७ ः ३५ मिनेटमा कुराकानी गर्दै राजेन्द्र बस्नेतले केही एक्कासि नदीमा पनि ह्वात्तै बढेपछि सबै तितरबितर भए ।

 

त्यस्तै घटना बारे किन्जा प्रहरी चौकीका प्रहरीलाई बुझ्दा आफूहरू घटना स्थल तर्फ जाँदै गरेको बताउँदै ‘हामी जाँदै छौँ ।

 

घटना बारे थप जानकारी आउन बाँकी छ ।

 

थपघट गरिकाे छ -सम्पादक ।