लिखु-२ जल विद्युत् आयोजनाले बिना सूचना ड्याम खोल्दा भागा भाग भएर बेपत्ता भएका सबै सकुशल भेटिए

| माघ १३, २०८० शनिबार

लाश जलाउँदै गरेको स्थान र आयोजना, तस्बिर फाइल ।
A A A
A A A

१३ माघ, रामेछाप । आज साँझ ६ बजे तिर उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल स्थित लिखु नदीमा लिखु–२ हाइड्रोपावरको लापरबाहीले जलाउँदै गरेको शव बगाएपछि भाग-भाग हुँदा बेपत्ता भएका सबै सकुशल भेटिएका छन् । 

 


बिना सूचना आयोजनाले एक्कासि ड्यामको पानी छोड्दा तितरबितर भएका सबै जना भेला भएको घटना स्थलबाट स्थानीय राजेन्द्र बस्नेत रामेछाप टाइम्सलाई पुष्टि सहित बताए । ‘३ जना साथीहरूको कपडा र मोबाइल चैँ बगायो । तितरबितर भएर सम्पर्कमा नभका सबै साथीहरू जम्मा भयौँ ।’

 

५०/६० जना मलामिगएकाहरु एक्कासि लिखु–२ ले बिना सूचना ड्याम खोल्दा भाग-भाग भएका थिए ।

 

 

 ‘९ ः ०५ मिनेटमा रामेछाप टाइम्ससंग कुरा गर्दै बाल्दिङ आविका प्रअ समेत रहेका बस्नेतले ३ जनाको लुगा र मोबाइल र शव खोलाले बगाएको बताए ।

 

लिखु-२ लाई भनेर खोलिएको ड्यामको पानी समेत रोकिएको बस्नेतले बताए ।