रामेछापको खाँडादेवी–२ का निर्वाचित वडा सदस्य बुढाथोकीले गरे आत्महत्या

| माघ १४, २०८० आइतबार

मृत भेटिएका बुढाथोकी ।
A A A
A A A

१४ माघ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं २ मजुवा चुल्ठेपानीका निर्वाचित वडा सदस्यले विष सेवन गरेर आत्महत्या गरेका छन् । 

 

 

गएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित वडा सदस्य सानो काजी बुढाथोकीले आइतबार अपराह्न ४ ः ३० बजेको समयमा विष सेवन गरेर ज्यान लिएका हुन् । 

 

५९ वर्षीय बुढाथोकी आफ्नै भैँसी र बाख्रा गोठमा मृत अवस्थामा भेटिएको घटना स्थलबाट उनका भतिज एवं श्री आवि फन्जाङका शिक्षक मनोज बुढाथोकीले रामेछाप टाइम्सलाई बताए ।

 

साँझ ७ :  ३५ बजे रामेछाप टाइम्ससंग कुराकानी गर्दै ‘अहिले प्रहरीले मुचुल्क उठाउने काम भइरहेको छ, उहाँले सेवन गरेको विषाधि समेत भेटिएको छ ।’

 

घटना बारे प्रहरीले अनुसन्धान गरी रहेको छ ।