काँग्रेस रामेछापलाई पार्टी केन्द्रीय निर्वाचन समितिको पत्रः माघ २० गतेभित्र महासमिति सदस्यको नामावली पठाउन निर्देशन

| माघ १५, २०८० सोमबार

दायाँबाट खम्बहादुर खाती र पूर्णबहादुर तामाङ (कान्छाराम) ।
A A A
A A A

१५ माघ, रामेछाप । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमिति रामेछापलाई महासमिति सदस्य निर्वाचनको बारेमा जानकारी मागेको छ । जिल्लाले हाल सम्म महासमिति निर्वाचन बारे कुनै जानकारी नपठाएको भन्दै केन्द्रीय निर्वाचन समितिका संयोजक खम्बहादुर खातीले जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पत्र मार्फत जानकारी माग गरेका हुन् । उक्त पत्रमा यही माघ २० गते भित्र महासमिति सदस्यहरूको नामावली पठान निर्देशन समेत दिइएको छ । 

 

गएको माघ २ गते पठाइएको पत्रमा चौधौँ महाधिवेशन अन्तर्गत त्यस जिल्लाको महासमिति सदस्य पदको निर्वाचन अनिवार्य रूपमा सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिले पत्र पठाएको स्मरण गराउँदै ‘आजसम्म महासमिति सदस्यको नामावली प्राप्त हुन नसकेको हुँदा माघ २० गतेभित्र पठाउनु हुन निर्देशन गरिन्छ’ भनिएको छ । 

 

साथै तोकिएको मिति भित्र महासमिति सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिमा प्राप्त नभएमा मिति आउँदो फागुन ७ देखि १० गतेसम्म हुने महासमितिको बैठकमा सहभागी हुन नपाउने समेत पत्रमा प्रस्ट उल्लेख गरिएको छ । 

 

काँग्रेस रामेछापले हाल सम्म महासमिति निर्वाचन गर्न सकेको छैन । गएको २४, मंसिरमा महासमिति सदस्यका निर्वाचनका लागि २१ जनाको उम्मेदवारी दर्ता गराएका थिए । भने, पुस ६ गते मतदान हुने भनिएको थियो । तर, विशेष कारण देखाउँदै निर्वाचन हुन सकेन । त्यसपछि अनिश्चितकालको लागि स्थगित भएको निर्वाचन बारे नेताहरू मौन छन् । 

 

जिल्लामा निर्वाचनको लागि करिब एक हजार ४ सय बढी क्षेत्रीय प्रतिनिधिहरूले रहेका छन् । 

 

हेर्नुहोस् पत्र 

यो पनि पढ्नुहोस् 

काँग्रेस रामेछापको महासमिति सदस्य निर्वाचन : पार्टी सभापति ‘कान्छाराम’ सहित २१ जनाको उम्मेदवारी दर्ता (सूचीसहित)

नेपाली कांग्रेस महासमिति सदस्य निर्वाचनमा आदिवासी जनजाति महिला सदस्य र दलित सदस्य निर्विरोध निर्वाचित

नेपाली काँग्रेस रामेछापको महासमिति निर्वाचन तालिका सार्वजनिक, आजै उम्मेदवारी हुँदै (तालिकासहित)