रामेछापको खाँडादेवीमा सुरु भयो ‘आठौँ राष्ट्रिय प्रोफेशनल तेक्वान्दो’ प्रतियोगिता

| माघ १९, २०८० शुक्रबार

A A A
A A A

१९ माघ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा ‘आठौँ राष्ट्रिय प्रोफेशनल तेक्वान्दो’ (आइ टि एफ) एवं प्रथम रामेछाप प्रोफेशनल तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । 

 

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा सहित पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले उद्घाटन गरेको यो प्रतियोगितामा ११ टिमको सहभागिता रहेको जानकारी गराइएको छ । 

 

रामेछाप तेक्वान्दो (आइ.टि.एफ) को आयोजना तथा खाँडादेवी गाउँपालिका वडा नं ७ को सह–आयोजनामा सञ्चालित प्रतियोगितामा सातै प्रदेशका नेपाली सेना, नेपाल आर्मी, सशस्त्र प्रहरी र आयोजकको टिम सहित ११ टिम रहेको आयोजकले जनाएको हो । 

 

जिल्लामै पहिलो पटक सुरु भएको प्रदेश स्तरीय यो प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र जित्ने छ । 

 

त्यस्तै क्रमशः दोस्रो र तेस्रो हुने टिमले नगद ४० हजार, ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र हासिल गर्ने छन् । 

 

प्रतियोगिता उद्घाटनमा पालिका अध्यक्ष श्रेष्ठ सहित पूर्व मन्त्री एवं नेकपा (एमाले) का नेता शान्ति प्रसाद पौडेल, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ र वडा नं ७ का अध्यक्ष शिरे तामाङसहित शुभकामना दिँदै यो प्रतियोगिताले जिल्लासँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चम्काउन सफल खेलाडीहरूले अनुशासित र मर्यादित भएर खेल्न आग्रह गरे ।