जिप्रका रामेछापले विभिन्न समयमा नियन्त्रणमा लिएका १४ वटा मोटरसाइकल लिलामी गर्दै

| माघ २८, २०८० सोमबार

फाइल फोटो ।
A A A
A A A

२९ माघ, रामेछाप । जिल्ला प्रहरी कार्यालय (जिप्रका) रामेछापले विभिन्न समयमा नियन्त्रणमा लिएका १४ वटा मोटरसाइकल लिलामी एवं सवारी साधनहरूको स्वामित्व प्रदान गर्ने  गर्ने भएको छ । त्यसको लागि जिप्रकाले सार्वजनिक रूपमा आव्हान समेत गरेको छ । 

 

गएको शुक्रवार एक सूचना प्रकाशित गर्दै चेकिङ तथा बेवारिसे अवस्थामा फेला परेर लामो समयदेखि कार्यालयमा सुरक्षित साथ राखिएका सवारी साधनहरू हाल सम्म हक दाबी गर्न नआएको जनाउँदै ती मोटरसाइकलहरू लिलामी गर्न लागेको हो । 

 

साथै ती साधन कोही कसैको भए सोको सक्कल कागजात प्रमाण पुग्ने (ब्लु बुक) पत्र सहित सम्पर्कमा आउन समेत भएको छ । 

 

 

सूचना प्रकाशित भएको १५ दिन भित्रमा सम्पर्कमा नआएमा सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्री कार्यविधि २०७९ को परिच्छेद ३ को दफा २० को उपदफा १ र २ को व्यवस्था अनुसार आवश्यक प्रक्रियामा जाने उक्त सूचनामा उल्लेख गरिएको छ । 

 

सवारी साधन राम्रो रहेको तर हाल सम्म सम्पर्कमा कोही नआएको हुँदा प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक रञ्जन गिरीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

यो हेर्नुहोस् १५ दिने सूचना