रामेछापको ल्याङल्याङमा ट्याक्टर दुर्घटना हुँदा एकको घटना स्थलमै ज्यान गयो, एक गम्भीर सहित दुई जना घाइते

| फागुन १, २०८० मंगलबार

A A A
A A A

१ फागुन, रामेछाप । रामेछाप नगरपालिका ल्याङल्याङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै ज्यान गएको छ । एक सामान्य सहित दुई जना घाइते भएका छन् । 

 

 

मंगलबार तामाकोशी नदीबाट बालुवा लिएर वडा नं ९ ल्याङल्याङ चिउरीबोट जाँदै गरेको ना ५ त ६५३६ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भएर दुर्घटनामा पर्दा ट्याक्टरमा सवार ल्याङल्याङका ३७ वर्षीय गुणराज श्रेष्ठको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको हो ।

 

 

दुर्घटनामा सही नगरको वडा नं ८ कात्तिकेका २२ वर्षीय मनोज मगर मद्यम र २३ वर्षीय चन्द्रबहादुर शाही गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पताल रामेछापमा उपचार गरिएकोमा शाहीको अवस्था थप जटिल भएपछि धुलिखेल अस्पताल रेफर गरिएको (जिप्रका) रामेछापले जानकारी दिएको छ । 

 

 

मगरको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिए । 

 

अहिले गिरीसहित टोली दुर्घटना स्थलमा पुगेर अनुसन्धान गरी रहेको जनाएको छ ।