रामेछापमा दादुरा रुबेला खोप अभियान दुई चरणमा, रामेछाप र लिखुमा पहिले, त्यसपछि अरू पालिकामा

| फागुन ४, २०८० शुक्रबार

A A A
A A A

४ फागुन, रामेछाप । रामेछापमा दुई चरणमा दादुरा–रुबेला खोप अभियान संचालन गरिने भएको छ । खोप अभियानलाई सफल पार्न सरोकारवालाहरूले प्रतिबद्धता समेत जनाएका छन् । 

 

शुक्रवार जिल्ला समन्वय समितिको सभा हलमा समन्वयमा उपप्रमुख प्रेम सागर थापाको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रम गरी यही फागुन भित्र सक्ने गरी दुई चरणमा अभियान चलाउने निर्णय गरेको हो । 

 

प्रमुख जिल्ला अधिकारी (सिडिओ)अनिता निरौला समेतको उपस्थितिमा भएको सो अभिमुखीकरणमा पहिलो चरणमा रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकाका सबै वडालाई समेट्ने गरी यही फागुन १३, १४ र १५ गते खोप लगाइने निर्णय गरिएको हो । 

 

जिल्ला खोप समन्वय समिति रामेछापको आयोजनामा भएको खोप अभियान अभिमुखीकरण कार्यक्रमले दोस्रो चरणमा मन्थली नगरपालिका सहित उमाकुण्ड, गोकुलगंगा, खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकाका सबै वडामा एकै चरणमा यही फागुन २१, २२ र २३ गते खोप लगाउने निर्णय गरिएको हो । 

 

यो खोप ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई लक्षित लगाइने छ । साथै लक्षित समूहलाई शत प्रतिशत कभरेज हुने गरी अभियान संचालन गर्ने र खोप लगाउन छुटेका र आंशिक खोप पाएका बालबालिकाहरूलाई सो अवसरमा हाई पोटेनसिएल भ्यालु (High Potential Value) भएका खोप पेन्टभ्यालेन्ट, PCV र IPV खोप दिने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको हो । 

 

अभिमुखी करण कार्यक्रममा यो खोप अभियानलाई प्रभावकारी र सफल बनाउन व्यापक रूपमा प्रचारप्रसार गर्न जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको हो । सो अभिमुखीकरण कार्यक्रमलाई समापन गर्दै समन्वय उपप्रमुख थापाले विगतको तुलनामा राज्यले स्वास्थ्य क्षेत्रमा ठुलो धन राशि खर्च गरेकाले त्यसको सही सदुपयोग गर्न सबैले मिलेर काम गर्नु पर्नेमा जोड् दिए । 

 

समन्वय उपप्रमुख थापाले प्रचारप्रसारलाई तीव्र पारेर लक्षित समूहका कोही पनि नछुट्ने गरी खोप प्रदान गर्न आग्रह गरे । त्यसको लागि ‘जिससले के गर्नु पर्छ, हामी तयार छौँ । यो अभियानलाई शतप्रतिशत सफल पार्नु तपाई हामी सबैको दायित्व हो’ भने ।

 

सबै संचारमाद्यामले यसको प्रचारप्रसार गरेर दादुरा रुबेला खोप लगाउनबाट कोही पनि वञ्चित नगराउन समेत उनले जोड् दिए । ‘प्रचारप्रसारलाई महासङ्घले पनि जोड् दिनु पर्छ ।’

 

त्यस्तै (सिडिओ) निरौलाले राष्ट्रिय यो अभियानलाई सफल पार्न कोही नछुट्ने र कोही नदोहोरिने गरी काम गर्न आग्रह गर्दै सबै मिलेर सफल पार्नु पर्छ भनिन् ।  

 

यसैबिच नियमित खोप कार्यक्रम सुदृढिकरण गर्न गुणस्तरीय खोप तथा प्रभावकारी रुपमा कार्यक्रम संचालन गरिने गर्नको लागि समिति पनि खडा गरिएको छ । जिल्लाकासबै पालिकहरु समट्ने गरि हरेक पालिकामा चिकित्सकको संयोजकत्वमा द्रुत (Adverse Event Following Immunization/AEFI ) समिति गठन गर्ने निर्णय गरिएको हो । 

मिलन घिमिरे
| भदौ ६, २०८१ बिहिबार