मन्थली–रामेछाप–खाँडादेवी र उमाकुण्डका यी वडामा विद्युत् लाइन टेस्टिङ तथा चार्ज हुँदै, विद्युतीय उपकरण नछुन आग्रह

| फागुन ५, २०८० शनिबार

फाइल फोटो ।
A A A
A A A

५ फागुन, रामेछाप । नेपाल विद्युत् प्राधिकरणले रामेछापका तीन वटा स्थानीय तहमा वितरित विद्युत् लाइन टेस्टिङ तथा चार्ज हुने भएकाले सचेत रहेन आग्रह गरेको छ । 

 

नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै काभ्रे–मकवानपुर–रामेछाप–सिन्धुली ग्रामीण विद्युतिकरण आयोजनाबाट निर्माण सम्पन्न भएका मन्थली र रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका र खाँडादेवी गाउँपालिकाका विभिन्न वडाहरूमा वितरित विद्युत् चार्ज गर्ने भएकाले सचेत रहन आग्रह गरेको उल्लेख छ । 

 

जस अनुसार मन्थली नगरपालिकाको वडा नं–१ को बसपार्क र सानीमदौ, वडा नं ४ सालुको सिम्ले, वडा नं ५ सुनारपानी पूरै, वडा नं ८ चिसापानीको जब्दी, वडा नं ९ पुरानागाउँको फोस्रे र पुराना गाउँ, वडा नं १० चनाखुका स्थानीयहरू सचेत हुनु पर्ने छ । 

 

प्राधिकरणका अनुसार ती क्षेत्रको लाइन संरचनाहरू शुक्रवारदेखि नै टेस्टिङ तथा कमिसनिङ गरी ११ हजार र ४ सय  भोल्ट विद्युत् प्रवाह गर्न थालिएको छ । 

 

त्यस्तै रामेछाप नगरपालिका वडा नं ४ को पम्तीबेसी, वडा नं८ को भोर्ले र हस्पिटल फिडर, खाँडादेवी गाउँपालिका वडा नं ३ को चरी, वडा नं ४ को थाटी र भोटेपानी, वडा नं ५ को खत्रीगाँउमा पनि विद्युतीय पोल लगायतका उपकरणमा नछुन सचेत गराइएको हो । 

 

उमाकुण्ड गाँउपलिका वडा नं १ गुम्देको वडा नं २ बाम्तीभणडारमा रहेको फिडर, वडा नं ३ कुँबुँकांस्थली र वडा नं ४ प्रिती च्यादलुका आयोजनाबाट निर्माण सम्पन्न भएको पोल, तार, स्टे, ट्रान्सफरमर लगायतका विद्युतीय उपकरणहरूमा चढ्ने र छुने काम नगर्न प्राधिकरणले सचेत गराएको हो । 

 

यसरी प्राधिकरणले सचेत गराउँदै ‘सूचनाको अटेर गरी कुनै विद्युतीय दुर्घटना घटेमा प्राधिकरण जिम्मेवार नहुने’ काभ्रे–मकवानपुर–रामेछाप–सिन्धुली ग्रामीण विद्युतिकरण आयोजनाले भनेको छ ।