रामेछापकी सिडिओ निरौलाको शिक्षा मन्त्रालयमा सरुवा, को आउँदैछन् अब ?

| भदौ ३१, २०८१ सोमबार

A A A
A A A

३१ भदौ, रामेछाप । रामेछापमा तेस्रो महिला प्रमुख जिल्ला अधिकारी (‘सिडिओ’)को रूपमा १६ चैत २०७९ मा हाजिर भएकी (प्रजिअ) अनिता निरौलाको सुरुवा भएको छ । गत बिहीबारको मन्त्रिपरिषद बैठकले प्रशासनसहित ४० जनाको जिम्मेवारी हेरफेर गर्दा उनको सरुवा भएको हो । 

 

जिल्लामा ‘सिडिओ’ को जिम्मेवारीमा आए लगत्तै गरिएको पत्रकार भेटघाट मै ‘म समय अनुसार चल्छु । तथ्य खुलाएर मात्रै समाचार लेख्नुस्, जस्ता अभिव्यक्ति दिएर आलोचना खेप्न बाध्य बनेकी (सिडिओ) निरौला केही समय अगाडि प्रशासनको मूल गेटमै आफूले न्याय पाउनु पर्ने माग गर्दै धर्नामा बसेकी बिनु यादव (कठाएत) को घटनाले चर्को आलोचनाको सिकार खेपेकी थिइन् । 

 

आध्यात्मिक र धार्मिक पक्षलाई जोड् दिँदै प्रशासनिक सुधारको लागि काम गर्ने पर्छ भन्ने धारणा व्यक्त गर्दै आएकी सिडिओ निरौलाको आइतबार सार्वजनिकत सूची अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको उल्लेख छ। 

 

निरौला सिडिओको जिम्मेवारीमा यहाँ आएपछि विभिन्न खालका नागरिक आन्दोलनका गतिविधिहरू समेत भए । उमाकुण्डको लिखु नदीमा निर्माणाधीन जलविद्युत आयोजनाको ड्यामको पानी चुहिएर मानव बस्तिमा निस्किएपछि त्यहाँका नागरिकहरू प्रशासनै आन्दोलित हुँदै आइपुगेका थिए । उक्त आन्दोलनलाई प्रशासनिक भूमिकामा सहजिकरण गरे पनि सिडिओ निरौलाले दीर्घकालीन समस्या समाधान भने टुङ्ग्याउन नकसेको त्यहाँ स्थानीयहरुको गुनासो छ । 

 

त्यस्तै राजनीतिक दलहरुसंग समेत सिडिओ निरौलाको टसल परेको घटना सार्वजनिक भएको थियो । उनको नेपाली कांग्रेससंग चर्काचर्कीको स्थिति बनेपछि नेपाली कांग्रेसले प्रशासनले एकलौटी रुपमै निर्णय गरेको भन्दै कडा कांग्रेसले आपत्ति जनाएको थियो । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले प्रशासनले लगाएको लामो समय तोकिएको निशेषिध क्षेत्र २४ घण्टा भित्र फिर्ता लिन प्रशासनलाई अल्टिमेटम् दिएको थियो । 

 

 

उनको नेतृत्वमा रामेछाप प्रशासनमा लामो समय धुलाम्मे बनेका पुराना कागजातहरू व्यवस्थापन, कार्यालयमा फर्निचरसहितका नयाँ व्यवस्थापन, लामो समय नागरिकता नपाएकाहरूलाई घरमै पुगेर केही नागरिकहरूलाई नागरिकता प्रदान गर्ने राम्रो काम भए पनि केही समय अगाडि मात्रै डिभिजन वन कार्यालयका प्रमुख जोडिएको खयर प्रकरणमा मौनबस्नु, जिल्ला विपद् व्यवस्थापन समितिलाई प्राप्त भएका राहतका पाल (त्रिपाल) मन्थली माविमा योग अभ्यास गर्दा ओछ्याउन पहुँचको आधारमा आदेश दिएको जस्ता आरोप स्थानीयहरूले लगाइरहेका छन् । 

 

सबैले सकारात्मक सोचबाट मात्रै हाम्रो समाज परिवर्तन गर्नु पर्छ भन्ने धारणा राख्दै आएकी प्रतिअ निरौलाको सरुवा भए पनि रामेछापमा अब नयाँ (प्रतिअ) को आउने भन्ने बारेमा तत्कालै टुङ्गो नलागेको बुझिएको छ । तर, केही दिन भित्रमै टुङ्गो लाग्ने उच्च स्रोतको भनाई छ। 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार