रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–७ थापा गाउँका दुई सय विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

| फागुन ६, २०८० आइतबार

A A A
A A A

६ फागुन, रामेछाप । रञ्जिता फाउन्डेशन नेपालले दोरम्बा शैलुङ गाउँपालिका वडा नं ७ थापा गाउँका २ सय जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । विद्यार्थीहरूको पठनपाठनलाई सहजिकरण गर्न र पठनपाठनमा प्रोत्साहनको लागि उक्त सामाग्री प्रदान गरिएको फाउन्डेशनले जनाएको हो । एकै वडाका तीन विद्यालयका बालबालिका शैक्षिक सामाग्री पाएपछि हर्षित देखिएका छन् । 

 

आइतबार प्रदेश सांसद युवराज चौलागाई, फाउन्डेशनकी अध्यक्ष रञ्जिता गुरुङले ख्याति प्राप्त कलाकारहरूसहितको उपस्थितिमा दुर्गम बस्तीका बालबालिकालाई उक्त सामाग्री प्रदान गरिएको शैक्षिक सामाग्री वितरण गर्न सहजिकरण गरेका दीपक थापा मगरले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

‘हामीले आर्थिक रूपमा विपन्न परिवारका सा–साना नानीबाबुहरूको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले झोला, स्टेशनरीका सामाग्रीहरू कपी, पेन्सिल, कलम प्रदान गरिएको छ । 

गाउँपालिकाको वडा नं ७ स्थित भीमेश्वर मावि, ब्रमाविष्णु आधारभूत डोरखानी र सेती देवी आधारभूत विद्यालय डोप्ला (थरथर) का बालबालिकाहरूको खेलकुदमा समेत रुचि जगाउन र विद्यालयमा खेलकुदका गतिविधिलाई चलायमान बनाउनको लागि बास्केट बल, फुटबल बल, टेनिसटे बल, स्पिटिङ (डोरी) र क्यारेमबोट एक सेट हस्तान्तरण गरिएको थापा मगरले बताएका हुन् ।

 

 

सोही वडाका वडा अध्यक्ष, कलाकार श्रीदेव भट्टराई समेतको उपस्थितिमा फाउन्डेशनको अन्दाजी २ लाख लागतमा उक्त शैक्षिक सामाग्री प्रदान गरिएको थापा मगरले जानकारी दिएका हुन् ।