रामेछापको माझी समुदायले लिपिबद्ध गरी ब्यूत्याए परम्परागत ‘मझेसाबा’

| फागुन १०, २०८० बिहिबार

A A A
A A A

१० फागुन, रामेछाप । रामेछापमा माझी समुदायमा प्रचलित परम्परागत रूपमा चलन चल्तीमा रहेको (मौखिक) ‘मझेसाबा’लाई लिपिबद्ध गर्दै चलन चल्तीमा अगाडि बढाएका छन् । माझी समुदायको बाहुल्यता रहेको मन्थली र रामेछाप नगरपालिकासहित खाँडादेवी गाउँपालिकाका माझी जातिहरू एकत्रित भएर आफ्नो जातिमा प्रचलित यो परम्परागतलाई चलायमान गर्न लागेको मन्थलीका बालकृष्ण माझीले जानकारी दिए । 

 

यस अगाडि गएको माघ २० गते आदिवासी जनजाति महासंघ जिल्ला संयोजक श्रीबहादुर माझी सहितको बैठकले फागुन १ गतेदेखि ‘मझेसाबा’ गठन गरी यसलाई थप चलायमान बनाउने निर्णय गरेको थियो । 

 

सोही अनुसार गएको फागुन १ गते रामेछाप नगरपालिकाको वडा नं ९ राताटार, हर्देनीम र मन्थली नगरपालिका वडा न ६ भलुवाजोरको सेलेघाटमा समिति गठन गरिएको उनले जानकारी दिए । 

 

त्यस्तै फागुन २ गते खाँडादेवी गाउँपालिका वडा नं १ लुभुघाट, कोथबे, वडा नं ३ सित्खा, डफ्खा,वडा नं ४ को पुछिघाट, फागुन ५ गते सोही पालिकाको वडा नं ४ कै माझी जातिको थातथलो समेत मानिइएको रजगाउँमा समिति गठन गरिएको छ । 

सोही दिन मन्थली नगरपालिका वडा नं ७ भटौली, मुगिटार र वडारे, फागुन ७ गते वडा नं ८ चिसापानीको जखनीटार, गाईखुरा, वडा नं २ करमबोट र वडा नं १ मन्थली, त्यसको भोलि पल्ट फागुन ८ गते वडा नं ६ नपुघाट, मसानटार, हात्तिटार र कुनौरीमा ‘मझेसाबा’ लाई पुनर्गठन सम्पन्न गरिएको हो । 

 

विगतमा पनि जिल्लामा ‘मौखिक मझेसाबा’ चलनमा रहेको थियो। उक्त मौखिक समितिलाई लिखित गर्दै यसलाई औपचारिक रूपमा पूर्णता दिएको पहिलो पटक रहेको बालकृष्णले जानकारी दिए । 

 

एक अध्यक्ष (मझे), (गउरूङ) उपाध्यक्ष, (अडइ) कोषाध्यक्ष, (दलाली) सचिव कोषाध्यक्ष, (दलाली) सचिव, (जेड्बुडा) सदस्य र (तहलुवा) रेखदेख कर्ता रहेन यो मझैसाबा’ पुनर्गठन गर्न यहाँका श्रीबहादुर माझी सहित नेपाल माझी उत्थान संघ रामेछापका सचिव मन्जु माझी, सोही संघका वर्तमानमा जिल्ला अध्यक्ष मनोज माझी, सदस्य टेकबहादुर माझी, पूर्व उपाध्यक्ष बलवीर माझी (जवराज),पूर्व समन्वय समितिको सदस्य गणेशबहादुर माझी, पूर्व विद्यार्थी अध्यक्ष बलबहादुर माझी, मन्थली नगरपालिकाका अध्यक्ष रामबहादुर माझी लगायतले विशेष प्राथमिकता दिएर गाउँ गाउँ पुगेर समितिलाई पूर्णता दिएका हुन् ।