रामेछापको सुनापति गाउँपालिकाको सहयोगमा सुनकोशी नदीमा र्याफ्टिङ उद्घाटन, अब नियमित चल्ने

| फागुन १०, २०८० बिहिबार

A A A
A A A

१० फागुन, रामेछाप । रामेछापको सुनापति गाउँपालिका प्रायोजन र सुनकोशी लहरेमाने सुनापति पर्यटकीय संरक्षण क्षेत्रको आयोजनामा सुनकोशी नदीमा र्याफ्टिङ संचालन गरिएको छ । बुधवार पहिलो पटक गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङ र उपाध्यक्ष गीता विष्ट (चौलागाई) सहितको टोलीले अन्दाजी १० किलो मिटर र्याफ्टिङ (जल यात्रा) सफलता पूर्वक सम्पन्न गरेको सो क्षेत्रको पर्यटकीय प्रवर्द्धन गर्दै आएका अभियन्ता एवं र्याफ्टिङमा सवार (यात्री) दावा साङ्बु शेर्पाले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘हामीले १० किलो मिटरको यात्रा सफलता पूर्वक मनोरञ्जन सहित पूरा गर्‍यौँ ।’

 

रामेछापसहित सिन्धुली र काभ्रे जोडिने संघीय राजधानीबाट छोटो र सहज सडक पहुँचमा रहेको सुनकोशी नदीमा पर्यटन प्रवर्द्धन गर्न ऱ्याफटिङ समुद्घाटन सम्पन्न भएको हो । अब नियमित रूपमा सेवामा रहेन भनिएको छ । 

 

सुनापति गाउँपालिकाको वडा नं ४ को च्याडीदेखि सिन्धुलीको दुम्जा पुगेर करिब ८ किलो मिटरको यो र्याफ्टिङ यात्रा निकै मनोरञ्जनात्मक र उपलब्धि मूलक देखिएको अभियन्ता शेर्पाले जानकारी दिए । 

 

वडा अध्यक्ष, व्यवसायीहरू र पालिकाका कर्मचारी सहितको उपस्थितिमा उद्घाटन गरिएको सुनकोशी नदीमाथिको र्याफ्टिङ अब देखि नियमित चल्ने र चलाउन सके यसले त्यहाँको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा थप टेवा पुग्ने विश्वास गाउँपालिकाले लिएको दाबी गरिएको छ । 

र्याफ्टिङ सेवाले पर्यटन प्रवर्द्धनमा थप सहयोग पुगेको र निरन्तर गाउँपालिकाले आवश्यक सहयोग लगानी समेत गर्ने बताउँदै गाउँपालिकी उपाध्यक्ष विष्टले सुनकोशीमा ऱ्याफ्टिङ संचालनले उत्साह थपेको धारणा राखिन् । ‘हाम्रो ठाउँमा रहेको प्रकृतिसँग कसरी रमाउने भन्ने कुरा यो र्याफ्टिङले पूरा गरेको छ । पालिकाले पनि अब यहाँ देखिएका सम्भावनालाई पूरा गर्न सकिन्छ भन्ने लाग्यो ।’

 

राजधानीबाट नजिकैको दुरीमा रहेको सुनकोशी नदीको यो र्याफ्टिङ सहर बजारको कोलाहलबाट मुक्त हुने, मनोरञ्जन लिने सहज माध्यम भएको स्मरण गराउँदै आएर सुनकोशीमा रमाउन उनले आग्रह गरिन् ।  

 

त्यस्तै गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङले पनि प्रर्टयन प्रवर्द्धनमा विशेष टेवा पुग्ने बताए । यसको दीर्घकालीन सेवालाई हेरेर पालिकाले सहयोग गर्ने उनको भनाई छ । 

 

सुनपाती गाउँपालिका वडा नं ४ का वडाध्यक्ष डुन्डुप लामाले पनि गाउँपालिकाले र्याफ्टिङ संचालन र व्यवस्थापनको लागि वार्षिक बजेट छुट्ट्याउनु पर्नेमा जोड् दिँए । वडा अध्यक्ष लामाले त्यसको लागि आफूले पहल गर्ने उनको प्रतिबद्धता जनाए ।

 

सुनकोशी सुनापती पर्यटन विकासमा विभिन्न कार्यक्रम संचालन गर्दै आएका सुनकोशी ऱ्याफाटीङ संचालन गर्न भूमिका खेलेका सुनकोशी लहरेमाने सुनापति पर्यटकीय संरक्षण क्षेत्रका अध्यक्ष राज कुमार मैनालीले यसको निरन्तर संचालन गर्न सके पालिकामा पर्यटन प्रवर्द्धन गर्न विशेष टेवा पुग्ने धारणा राखे ।