रामेछापको ल्याङ्गल्याङ्ग टार गाउँमा भीषण आगोलागीः  २० घर भन्दा बढी जले, नियन्त्रण प्रयास जारी

| चैत १, २०८० बिहिबार

A A A
A A A

१ चैत, रामेछाप । रामेछाप नगरपालिकाको वडा नं ९ ल्याङ्गल्याङ्गको सिमान्ति छाप टार गाउँमा भीषण आगोलागि भएको छ । आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको बताइएको छ । 

 

 

बिहीवार दिउँसो अन्दाजी ३ बजे तिर जङ्गलबाट सल्किएको आगो बस्तीमा सल्किँदा दुई दर्जन भन्दा बढी घर जलेर नष्ट भएको नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्की (थापा) ले रामेछाप टाइम्सलाई बताइन् । 

 

‘कति घर जले भन्ने यकिन नै हुन सकेको छैन, २०/२२ घर भन्दा धेरै जले । हामीले दमकल ल्याएपछि २ वटा घर जोगाउन सक्यौँ’ उपप्रमुख कार्कीले रामेछाप टाइम्ससंग भनिन् ।

 

साँझ ५ ः ३० बजे सम्म पनि खरले छाएको बस्तीमा सल्किएको आगो नियन्त्रणमा लिन नसकेको बताउँदै नियन्त्रण प्रयास जारी रहेको उपप्रमुख कार्कीले जानकारी गराइन् । 

 

‘हामी नियन्त्रणमा लिने प्रयास गर्दैछौं । तर, सबै निभेको छैन पानी नहुँदा दमकलबाट निभाउन पनि समस्या भएको छ ।’

 

बिहीवार बिहान मात्रै डिभिजन वन कार्यालय रामेछापले आगोलागी तथा डढेलो नियन्त्रण गर्ने भन्दै सचेतना मूलक र्याली मन्थलीमा सम्पन्न गरेको थियो ।