होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको चौथो साधारण सभा भोलि मन्थलीमा, पर्यटन प्रवर्द्धनमा विशेष योगदान गर्ने

| चैत २, २०८० शुक्रबार

A A A
A A A

२ चैत, रामेछाप । होटेल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको चौथो साधारण सभा रामेछापको मन्थलीमा हुने भएको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा प्रदेशका १३ वटै जिल्लाका प्रतिनिधिहरूको उपस्थिति हुने कार्यक्रमको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ ।

 

बिहीबार मन्थलीमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष दामोदर नेपालले ‘हाम्रो सबै तयारी पूरा भयो । विशेष गरी पर्यटन प्रवर्द्धन कसरी गर्न सकिन्छ भनेर यो कार्यक्रमलाई विशेष बनाउने योजना र उपलब्धि मूलक बनाउने हाम्रो प्रयास छ’ भने । 

 

करिब ३ सय को हाराहारीमा संघमा आबद्धहरूको उपस्थिति हुने कार्यक्रममा सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले उद्घाटन गर्ने र प्रदेशबाट पर्यटन मन्त्रालयका सचिव लगायतको उपस्थिति रहने जानकारी गराइएको छ । 

 

पर्यटन प्रवर्द्धनलाई मुख्य रूपमा सघाउन चहान्छौं ।’

 

आफूहरूले व्यवसायसँग जोडेर पर्यटन प्रवर्द्धनलाई योगदान गर्न खोजेकोमा जोड दिँदै अध्यक्ष नेपालले भने ‘प्रदेश सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष २०२४’ लाई समेत सफल बनाउने र पर्यटन प्रवर्द्धनलाई मुख्य रूपमा सघाउन चहान्छौं ।’

 

दुई पृष्ठ लामो प्रेस विज्ञप्ति समेत जारी गर्दै पर्यटन प्रवर्द्धनमा भूमिका खेल्न संघले विशेष चासो दिएको उल्लेख गरिएको छ । ‘रामेछापको पर्यटन प्रवर्द्धन गर्नकै लागी हामीले यहाँ कार्यक्रम राखेका हौँ’ मन्थली एयरपोर्ट बाट लुक्ला उडान हुँदा पर्यटकहरू   सिधै विमान चढ्न मात्रै यहाँ आउने गरेको सुनेको उल्लेख गर्दै उनले थपे ‘त्यो राम्रो भएन एक दिन भए पनि यहाँ उनीहरूलाई बास कसरी राख्न सक्छौँ । त्यता तर्फ सोच्न लाग्नु आजको आवश्यकता हो ।’

 

यो कार्यक्रममा जिल्लाका धार्मिक, सांस्कृतिक, पर्यटकीय र ऐतिहासिक स्थलहरूको प्रचारप्रसार गर्न सहयोग पुग्न आयोजकको विश्वास रहेको अध्यक्ष नेपालले प्रस्ट्याए । 

प्रदेश कार्यसमितिले एक वर्षमा गरेका कार्यको बारेमा समीक्षा गर्दै आगामी कार्य योजना समेत तय गर्ने जानकारी गराउँदै पर्यटन प्रवर्द्धन गर्नकै लागि ‘पर्यटन डायरी’ सार्वजनिक गर्न लागेको अध्यक्ष नेपालले जानकारी गराए । ‘विशुद्ध पर्यटन प्रवर्द्धनकै लागि भनेर हामीले यहाँ पर्यटन प्रवर्द्धनलाई योगदान गर्ने डायरी सार्वजनिक गर्न लागेका छौँ ।’

 

पछिल्लो समय कोरोना महामारी, आर्थिक मन्दि लगायतले व्यवसायीहरू धराशायी रहेको उल्लेख गर्दै निराशा बनाउने भन्दा ऊर्जा थप्न सहयोग गर्न कार्यक्रमले लक्ष्य लिएकोमा उनले जोड् दिए । 

 

यहाँको पर्यटन प्रवर्द्धनमा कसरी योगदान गर्न सकिन्छ भनेर सामूहिक अन्तरक्रिया गरिने बताउँदै रामेछाप होटेल पर्यटन व्यवसायी संघका जिल्ला अध्यक्ष कवीन्द्र तामाङले भने ‘यो छलफलले यहाँको पर्यटन प्रवर्द्धनमा एउटा इँटा थप्छ भन्ने विश्वास छ ।’

 

प्रदेश स्तरीय संगसंस्थाको पहिलो पटक हुन लागेको साधारण सभाले जिल्लाको व्यापार व्यवसायमा सकारात्मक प्रभाव पर्ने दाबी गर्दै सह–आयोजक समेत रहेको होटेल तथा पर्यटन व्यवसायी संघ नेपालको दाबी छ । 

 

प्रेश विज्ञप्ति हेर्नुहोस्