शनिबार पनि खुलेन लुक्लाको मौसमः चार दिनदेखि डेढ सय यात्रु मन्थली रोकिन बाध्य, आज २ दर्जन बढी हेलिकप्टर चार्टर उडान

| चैत १७, २०८० शनिबार

फाइल फोटो ।
A A A
A A A

१७ चैत, रामेछाप (मन्थली) । चार दिनदेखि लुक्लामा आएको मौसमको खराबीको कारण रामेछाप विमानस्थल (मन्थली) मा रोकिएका यात्रु शनिवार पनि उडान हुन नसक्दा यही रोकिएका छन् । हिजो (शुक्रवार) पनि उडान नहुँदा यही रोकिए । 

 

गत बुधवारदेखि नै सोलुखुम्बुको लुक्ला विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडान हुन नसक्दा दुई सय पर्यटक यहीँ रोकिन बाध्य भएका छन् । 

 

मन्थली तर्फ मौसम खुले पनि लुक्लामा सुधार नहुँदा शनिवार पनि २–४ टिप बाहेक उडान हुन सकेन । ‘बिहान ८ बजे सम्म सबै जहाजले १/२ टिप मात्रै बोकेर गए’, विमान स्थलका वरिष्ठ अधिकृत प्रज्जवल गुरागाईँले रामेछाप टाइम्सलाई प्रस्ट पार्दै भने ‘अझै पनि एक डेढ सय यात्रु यही छन् ।’ उनीहरु मन्थलीका विभिन्न होटेलहरुमा बसिरहेका हुन् । 

 

मौसम प्रतिकुल हुँदा मन्थलीबाट लुक्ला जाने यात्रु मन्थलीमै रोकिएका छन् । शनिवार हेलिकप्टरहरूले २०/२२ वटा चार्टर उडान गरे पनि सबै यात्रु गन्तव्यमा पुग्न भने सकेका छैन । ‘भोलिबाट मौसममा सुधार हुन्छ भनेर जानकारी आएकाले भोलि उडान हुन सक्ने सम्भावना छ ।’

 

काठमाडौँबाट सगरमाथा प्रवेश गर्ने यात्रुहरूलाई सिता, तारा र समिट एयरलाइन्सहरूले खुर्कोट हुँदै मन्थली ल्याएर यहाँबाट विमानमार्फत लुक्ला पठाउँदै आएका छन् । 

 

पर्यटकीय सिजन सुरु भएपछि अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त हुने हुँदा रामेछाप विमानस्थल विकल्पमा उडान हुँदै आएको छ । 

 

यो पनि पढ्नुहोस् 

लुक्लामा मौसम खराब हुँदा बिहानै देखि मन्थली–लुक्ला उडान ठप्प, दुई सय बढी पर्यटक मन्थलीमा रोकिए

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार