रामेछापको आरुबोटेमा मोटरसाइकल दुर्घटना : तीन जना स्वास्थ्यकर्मी घाइते
२५ वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १३ फुलासी स्थित आरुबोटेमा ब्रेक फेल भएर मोटरसाइकल दुर्घटना हुँदा तीन जना स्वास्थ्यकर्मी घाइते भएका छन् । घाइते सबै जना दोलखामा कार्यरत स्वास्थ्यकर्मी हुन् ।
घाइते हुनेमा मोटरसाइकलका चालक सर्लाहीको गोठेटा नगरपालिका वडा नं २ वेलुवाजदी घर भई दोलखाको मेलुङ्ग गाउँपालिका वडा नं ६ को स्वास्थ्य चौकी इन्चार्ज २५ वर्षीय हरेन्द्र बैठा रहेका छन् ।
त्यस्तै गुल्मी घर भई दोलखाको मेलुङ्ग गाउँपालिका वडा नं २ को स्वास्थ्य चौकी इन्चार्ज २१ वर्षीय मनिष पन्थीको र सर्लाहीको बरखवा नगरपालिका वडा नं १५ टिपरभित्ता घर भई मेलुङ्ग गाउँपालिका वडा नं१ को स्वास्थ्य चौकी इन्चार्ज २४ वर्षीय उजित ठाकुर रहेका छन् ।
घाइते तीनै जनाको तत्काल उद्दार गरी दोलखा किर्नेटार स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको हो ।
घाइते तीनै जना स्वास्थ्य इन्चार्जहरूको अवस्था मध्यम रहेको खिम्ती प्रहरीले जनाएको हो । फुलासीबाट दोलखा तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–००७ प ३८७४ नम्बरको मोटरसाइकल ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको हो ।
दुर्घटनामा परेको मोटरसाइकल र चालकलाई रामेछाप प्रहरीले नियन्त्रणमा लिएको रामेछाप प्रहरीले बताएको हो ।