७ वर्षको उमेरमै जन्म थलोबाट टाढिएका भुवन खड्का जन्म थलो र दाजुभाइ खोज्दै परिवारसहित रामेछाप (भिडियोसहित)

| जेठ २, २०८१ बुधबार

जन्म थलो र दाजुभाई खोज्दै रामेछाप आइपुगेको भुवन खड्काको परिवारहरु ।
A A A
A A A

२ जेठ, रामेछाप । सानो छँदा ‘गोरे’ भनेर चिनिने उमेरले नागरिकतामा ५९ वर्ष लागेका भुवन खड्का आफ्नो साखा सन्तान थाकथलो खोज्दै परिवारसहित रामेछापको मन्थली आइपुगेका छन् । ५६ वर्षीय भाना देवी खड्का श्रीमती, ३४ वर्षीय जेठो छोरा तपेन्द्र, कान्छी छोरी पुनमसहित वृद्धा अवस्थाका भुवन आफ्नै काकाबाट नसोचेको धोका पाउँदा ७० वर्षदेखि निरन्तर बसोबास गर्दै आएको कैलालीको टिकापुर नगरपालिका वडा नं ७ सतिबाट पुर्ख्यौली दाजुभाइ खोज्दै बुधवार काठमाडौँ हुँदै मन्थली ओर्लिएका हुन् । 

 

टिकापुरदेखि मन्थली आइपुगेका खड्का परिवारले रामेछाप टाइम्सलाई बताए अनुसार सात वर्षको कलिलो उमेरमा काका रामबहादुर खड्काले भुवनलाई आजभन्दा झण्डै ७० वर्ष अगाडि कैलाली पुर्‍याएका थिए । ८ वर्ष अगाडि निधन भइसकेका रामबहादुरले भुवनलाई आफ्नै छोरो भनी पाले । माया प्रेम स्नेह कुनै कुराको कमी हुन दिएनन् । अझ भनौँ उनका अरू सन्तान भन्दा दोस्रो व्यवहार भुवनलाई गरेनन् रामबहादुरले । त्यति मात्रै नभएर भुवनको विवाह गराए । भुवनका बालबच्चा भए । भुवनका नातिनातिना सम्म भइसके । रामबहादुरले भुवनलाई टिकापुर गाउँमै पुगेको नागरिकताको टोलीबाट आफ्नै छोरो भनेर नागरिकता पनि दिलाए । 

 

त्यो बिचमा कुनै बेला बखत आक्कल-झुक्कल भुवन र उनका छोराछोरी रामबहादुरको आफ्नै सन्तान नभएको कुरा खुल्यो । सोधी खोजी गर्दा पनि रामबहादुरले म छदैछु अरुकिन चाहियो भन्ने मात्रै जवाफ दिन्थे । तर, रामबहादुरकी श्रीमतीलाई सायद उनले त्यो कुरा बताएका थिए । जुन कुरा रामबहादुरले भुवन र उनको परिवारलाई बताएनन् । त्यसैले रामबहादुरको मृत्यु पछि उनकी श्रीमतीले मृत्यु दर्तामा भुवनलाई छोरो हैन भनेर सामेल गरिनन् । 

 

नागरिकतामा बाबु भनेर उल्लेख भएका व्यक्ति नै छोरो हैन भनेर मृत्यु दर्ता भएपछि चकित परेको भुवनको परिवारलाई छरछिमेक र चिने जानेका सबैले रामबहादुरको छोरो हैन भनेर पत्याएनन् । र, त्यो रामबहादुरको श्रीमतीसहितको परिवारको निर्णय विरुद्ध अदालत गए । मुद्दा जिते । र, अब ‘गोरे’ अर्थात् भुवनको जन्म भएको रामबहादुरले कुनै दिन बताएको कुरालाई सम्झेर रामेछापमा दाजुभाइ खोज्न आइपुगे । 

भुवनलाई ७ वर्षको उमेरमा लिएर जाने रामबहादुर खड्का 

 

७ वर्षको कलिलो उमेरमै हिँडेका भुवनलाई घर, परिवार, दाजुभाइ, आफन्त, भूगोल कुनै पनि कुराको याद छैन । तीन भाइ छोरा र एक छोरीका वृद्ध उमेरका भुवन विदेशमा रहेका कान्छो छोरो युवराज र माइला छोरो सरोजसहितको सुझावमा मन्थली आएका हुन् । 

 

सोधी खोजी र हाल सम्म भएका स–प्रमाणमा रामबहादुर खड्काको बुबाको नाम सिद्धाराज खड्का, भुवनकी आमाको नाम लक्ष्मी खड्का र ‘कालु’ भनेर चिनिने भाइ सम्म जानकारी रहेको उनीहरूको परिवार बत्ताउँछन् । तर, रामबहादुरले रामेछाप र काभ्रे जिल्ला दुवैको नाम लिएकाले कुन जिल्ला उनको जन्म थलो हो भन्ने पुष्टि हुन नसक्दा दाजुभाइको खोजीमा भौतारीनु परेको उनीहरूको पीडा छ । 

 

ज्याला मजदुरी गरेरै जिविको पार्जन गर्दै आएका भुवनको परिवारलाई कुनै सम्पत्तिको लोभ लाल्चा नभएर आफ्नो दाजुभाइ फेला पार्नु नै अहिलेको सबै भन्दा ठुलो चुनौती बनेको छ । उनीहरू भन्छन् ‘हामीलाई केही चाहिँदैन बस हाम्रो दाजुभाइ आफन्त भेट भए पुग्छ ।’ 

 

यो समाचार पढेर रामेछापमा बसोबास गर्दै आएका खड्का समुदायहरूका कसैलाई सोध बुझ गर्न चाहेमा 9860886537 मा सम्पर्क गर्न सक्नुहुने छ । 

 

लाईभ कुराकानी भिडिओ हेर्नुहोस् ।
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार