सालुमा एक हप्ते बेमौसमी तरकारी खेती तालिम सम्पन्न

| जेठ ८, २०८१ बुधबार

A A A
A A A

९ जेठ, रामेछाप । सालुमा एक हप्ते बेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ । नगरपालिकाको वडा नं ४ सालु बजारमा यही जेठ २ गतेदेखि सुरु भएको तालिम मंगलबार (८ गते) सकिएको हो । 

 

सामुदायिक विकास समाज (सिडिएस) को आयोजनामा तालिम समापन गर्दै बेमौसमी तरकारी खेती गर्न आवश्यक उपकरणहरू समेत प्रदान गरिएको फिल्ड संयोजक राजु विक्रम बस्नेतले रामेछाप टाइम्सलाई बताए । 

 

उनका अनुसार परियोजनाले चार वटा इलेक्ट्रिक स्प्रे, पानी हाल्ने उपकरण हजारी २० वटा, तरकारीको बीउ, अर्ग्यानिक झोलमल लगायतका सामाग्री प्रदान गरिएको हो । वडा भित्रका २० जनाको सहभागितामा सञ्चालित एक हप्ते उक्त तालिममा बेमौसमी तरकारी कसरी गर्ने भनेर सिकाइएको हो । 

 

सोही वडाका कार्यवाहक वडा अध्यक्ष हेमबहादुर मगरको अध्यक्षतामा परियोजनाका फिल्ड संयोजक, परियोजना संयोजक लजिस्टक तथा प्रकुमेन्ट अफिसर, उद्यम विकास सहजकर्ता, कृषि प्राविधिक, स्किल नेपालका प्रतिनिधि र वडा सदस्यहरूसहितको उपस्थितिमा तालिम सकिएको हो । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार