खास के हो रामेछापमा विद्यार्थीको जिब्रो नै काटिएको घटना, यस्तो छ वास्तविकता ?

| जेठ ९, २०८१ बुधबार

A A A
A A A

९ जेठ, रामेछाप । गत शुक्रवार रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङ स्थित भीमेश्वर आधारभूत विद्यालयको कक्षा १ मा अध्ययनरत बालक कुशल श्रेष्ठको जिब्रोको आधा भागमा गम्भीर चोट लाग्यो । दाँतले च्यापिएर जिब्रो चुँडिने गरी काट्यो । 

 

उनकी आमा अनिता श्रेष्ठले बुधवार (आज) रामेछाप टाइम्सलाई बताए अनुसार यही जेठको १४ गते चार वर्षमा लाग्ने कुशलको जिब्रोमा चोट लागेपछि प्रधानाध्यापक प्रेमबहादुर श्रेष्ठले रामेछाप अस्पतालमा तत्काल पुर्‍याए । अस्पताल लैजाँदै गरेको खबर आमा अनिताले पाएकी थिइन् । 

 

सानो बालकको जिब्रो दुवै तर्फबाट काटेर रगताम्य भए पछि (प्रअ) श्रेष्ठले तत्काल आफैले अस्पताल लगेको सुनाउँदै रामेछाप टाइम्ससंग भने ‘बालकको चोट गम्भीर भएका कारण डाक्टरहरूले काठमाडौँ लान सुझाए । त्यसपछि उहाँको आमा पनि आइपुग्नु भयो ।’  आत्तिँदै अस्पताल पुगेकी अनिताले छोरोलाई लिएर काठमाडौँ गइन् । 

 

शुक्रवारै राति १० बजेको समयमा काठमाडौँ केएमसी अस्पतालमा पुगेकी उनले छोरो कुशलको चोट हेरेपछि चिकित्सकले बालकको अवस्था हेरेर औषधि दिएको र औषधिले काम नगरे आइतबार सम्म बालकलाई दुई दिन बेहोस बनाएर अप्रेसन गर्नु पर्ने सुझाए । तर, शुक्रवारै देखि बालकले अमिलो,पिरो बाहेकका खानेकुरा पनि खान र सामान्य बोल्न समेत थालेपछि आइतबार डाक्टरको सुझाव अनुसार उनी मङ्गलवार औषधिसहित घर फर्किएकी हुन् । 

 

अहिले जिब्रोको घाउ बिस्तारै निको हुँदै गएको र बालक सामान्य रहेको आमा अनिताले रामेछाप टाइम्ससंग बताएकी हुन् । निकै संवेदनशील अङ्गमा चोट कसरी लाग्यो भन्ने बारेमा यकिन हुन नसकेको (प्रअ) श्रेष्ठले बताए । ‘साथीहरूले ऊ ढोकामा अल्झिएर लडेको भन्छन् । तर, ठ्याक्कै भन्न सकिने स्थिति छैन ।’

 

‘ती बालक अलि चकचके थिए भन्ने सुनिएको छ’

 

बिस्तारै घाउ निकै हुँदै छ । बालकले भने पछाडिबाट कसैले हुत्ताइदिएर लडेको बताउने गरेको उनकी आमा अनिता बताउँछिन् । तर, कसले पुष्टि भएको छैन ।  

 

सानो बालकलाई कसरी गम्भीर चोट लाग्यो भन्ने प्रश्नले विद्यालय नाजवाफ हुने परिस्थितिलाई ध्यानमा राख्दै विद्यालयले भने घटनालाई गुपचुप राख्न खोजेको खुलासा भएको हो । 

 

नगर शिक्षा शाखालाई समेत घटनाको स्वीको समेत पर्न नदिएको बुझिएको छ । नगर शिक्षा शाखाका प्रमुख एवं शिक्षा अधिकृत नमराज प्रसाद बडूले घटना बारे पूरा जानकारी बुधबार सम्म पनि नपाएको तर बालकलाई चोट लागेको भन्ने मात्रै सूचना पाएको रामेछाप टाइम्सलाई बताए । 

 

‘हामीले पनि विस्तृतमा जानकारी पाएका छौँ । बुझ्न खोज्दा बालकलाई चोट लागेर काठमाडौँ लगिएको खबर पाएका हौँ’ शिक्षा अधिकृत बडूले भने ‘ती बालक अलि चकचके थिए भन्ने सुनिएको छ’