रामेछापको सालुमा सिटिइभिटी तह–१ को ‘बिल्डिङ ईलेक्ट्रीसियन’ तालिम सुरु

| जेठ ९, २०८१ बिहिबार

A A A
A A A

१० जेठ, रामेछाप । रामेछापको सालुमा सिटिइभिटी तह-१ को बिल्डिङ ईलेक्ट्रीसियन तालिम बुधवारदेखि सुरुवात भएको छ । बुधवारदेखि सुरु भएको तालिम आउँदो साउन २९ गते सम्म तालिम सञ्चालन हुने आयोजकको भनाई छ । 

 

वडा भित्रका २० जना युवाहरूको सहभागिता रहेको सिपमूलक तालिम बुधवार मन्थली नगरपालिका वडा नं ४ सालुका वडा अध्यक्ष राजन घिमिरे, तालिम आयोजक एवं सामुदायिक विकास समाज परियोजनाद्वारा सञ्चालित युवा उद्यमशीलता प्रवर्द्धन परियोजनाका फोकल पर्सन उत्तममणी ढुंगाना, लजिस्टिक तथा प्रकुमेन्ट अफिसर टंक घतानी, उद्यम विकास सहजकर्ता गणेश बुढाथोकी, स्किलका प्रतिनिधि सञ्जित चौधरीसहितको उपस्थितिमा झण्डै तीन महिने तालिम सुरु भएको फिल्ड संयोजक राजुबिक्रम बस्नेतले रामेछाप टाइम्सलाई बताए । 

 

तालिम उद्घाटन गर्दै वडा अध्यक्ष घिमिरेले बिल्डिङ ईलेक्ट्रीसियन तालिमले युवालाई स्वरोजगार र व्यवसायी बनाउन टेवा पुग्ने बताए । उनले निकै महत्त्वपूर्ण सिप रहेकाले यो तालिम पूरा गर्न सहभागीहरूलाई आग्रह गरे । 

 

त्यस्तै परियोजना फोकल पर्सन ढुङ्गानाले निःशुल्क सञ्चालित उक्त तालिमले युवाहरूका लागि सुवर्ण अवसर भएकोले भरपुर सदुपयोग गर्न सुझाए । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार