रामेछापको भटौलीमा स्थानीय उत्पादन र रोजगारी सिर्जना गर्ने १९ जना व्यक्ति सम्मानित

| जेठ १०, २०८१ बिहिबार

A A A
A A A

१० जेठ, रामेछाप । मन्थली नगरपालिका वडा ७ भटौलीमा स्थानीय उत्पादन तथा रोजगारी सिर्जनामा सक्रिय १९ जना स्थानीयलाई सम्मान र ‘उद्यमी बनौँ, स्वदेशमै रमौँ’ विषयमा वक्तृत्वकलामा प्रथम, द्वितीय र तृतीय भएकाहरूलाई नगदसहित पुरस्कृत गरिएको छ । 

 

बुधवार रामेछाप काठमाडौँ सृजनशील समाजलेको आयोजनामा रुद्राक्षेश्वर माद्यामिक विद्यालय मुगिटारमामा वडा अध्यक्ष  भुवनहरि प्रसाईँसहितको उपस्थितिमा सम्मान कार्यक्रम गरिएको कार्यक्रम संयोजक एवं समाजका आजिवन सदस्य भीम नेपालीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उत्पादन वृद्धि गर्ने र रोजगारी गरेको भन्दै आयोजकले सोही ठाउँका गौरव प्रसाईँ, गोपाल मगर, गुणराज वि क, जबर बहादुर वादी, जुना तामाङ, गोविन्द नेपाली, नेत्र बहादुर प्रसाईँ, राम बहादुर माझी, बद्री कार्की सुनिता कार्कीलाई सम्मान गरेको हो । 

त्यस्तै मान बहादुर वि क, शिव कुमारी प्रसाईँ, खेम बहादुर माझी, गीता मानन्धर, काले माझी, रामकृष्ण नेवार, सेते माझी, सुमित्रा कार्की र अप्सरा कार्की सम्मानित भएका हुन् । 

 

वक्तृत्वकला प्रतियोगितामा सहभागी भीमेश्वर प्रसुन मा.वि.रजगाउ र रुद्राक्षेश्वर मा.वि. मुगीटारका १२ जना विद्यार्थीमा प्रथम भएकी जित कुमारी अछामीलाई नगद तीन हजार, द्वितीय भएकी रुविना खड्कालाई दुई हजार, तृतीय बनेकी सृष्टि भण्डारीलाई एक हजार र सान्त्वना बनेकी आसिका खड्कालाई नगद पाँच सय पुरस्कार सहित पुरस्कृत गरिएको नेपालीले बताएका हुन् । 

 

रामेछाप काठमाडौँ सृजनशील समाजले विभिन्न समयमा शैक्षिक सुधार, स्थानीय उत्पादन वृद्धि गर्नको निम्ति विभिन्न बहस र छलफल गर्दै आएको छ । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार