चिसापानीमा एक हप्ते बेमौसमी तरकारी खेती तालिम सुरु

| जेठ १२, २०८१ शनिबार

A A A
A A A

१२ जेठ, रामेछाप । रामेछापको चिसापानी स्थित गौरीगाउँमा एक हप्ते बेमौसमी तरकारी खेती तालिम शुक्रवारदेखि सुरु भएको छ । सोही वडाका, वडा अध्यक्ष एवं मन्थली नगरपालिका–८ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठलेसहितको उपस्थितिमा तालिम प्रारम्भ भएको हो । 

 

तालिम उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले वडामा विकासको लहर आएको र यी विकास निर्माणलाई गति दिन आफू अहोरात्र खटिरहेको बताए। 

 

नगर प्रवक्ता श्रेष्ठले किसानहरूलाई दक्ष र सीप युक्त बनाउन सामुदायिक विकास समाज परियोजना (सिडिएस) सँग समन्वय गरेको सिप मूलक तालिमहरू संचालन गरिरहेको बताए । 

 

वडा भित्रका २० जना स्थानीय कृषकहरूको सहभागिता रहेको उक्त तालिमले बेमौसमी तरकारी खेती गर्न पूर्ण रूपमा सिकाउने तालिम आयोजक एवं (सिडिएस) का फिल्ड संयोजक राजु विक्रम बस्नेतले रामेछाप टाइम्सलाई बताए । 

 

सिडिएस रामेछापले नगरका विभिन्न वडामा तालिमहरू संचालन गर्दै आएको छ । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार