आशंका लागेकामाथि अनुसन्धान हुनु पर्छ तर आरोप लाग्ने बित्तिकै पक्राउ गर्न हुँदैन –उपसभापति कार्की (भिडिओ)

| जेठ १४, २०८१ सोमबार

A A A
A A A

१३ जेठ, रामेछाप । नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले कान्तिपुर मिडियामा गरेको प्रहारबाट सरकारले पत्रकारितामाथि ठाडो हस्तक्षेप गरेको बताएका छन् । पत्रकारहरू आफै भित्रको अस्वस्थ प्रतिस्पर्धाले केही समस्यामा रहेको उनको दाबी छ । ‘आज कान्तिपुरमाथिको सरकारको नाङ्गो हस्ताक्षपको कारण पत्रकारजगत कुनै पनि ठाउँबाट सुरक्षित रहेनछ भन्ने पुष्टि हुन्छ ।’

 

नेपाल प्रेस युनियन रामेछापले आइतबार गरेको अन्तरक्रिया कार्यक्रम बोल्दै पछिल्लो समय मिडिया माथि सरकारले ठाडो हस्तक्षेप गरेर प्रेस जगतमाथि प्रहार गरेको बताएका हुन् । उपसभापति कार्कीले जिल्लाका पत्रकारहरू पत्रकारकै कारण समस्यामा रहेको दाबी गर्दै भने ‘राज्यसंचालकहरुमा मिडिया क्षेत्रकै मान्छे छन् । तर, अहिले मिडियामाथि ठाडो हस्तक्षेप, पत्रकार जगतमा देखिएका खिचातानी, आरोह अवरोह, सिर्जना गरियो ।’  

 

कान्तिपुरका प्रकाशक कैलाश सोरिहिया पक्राउ पर्ने तर, सोही प्रकृतिको २ वटा नागरिकता, २ वटा पासपोर्ट रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको कुनै पनि दायरामा नपरेको भन्दै आक्रोश पोखे । ‘२ वटा नागरिकता, २ वटा पासपोर्ट रहेका गृहमन्त्रीलाई छै कारबाही गर्नु पर्दैन ।’

 

आरोप लागेका जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने तर आरोप लाग्ने बित्तिकै पक्राउ गरेर थुन्ने कदम सही नभएको उपसभापति कार्कीको भनाई छ । 

 

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार