प्रधानमन्त्री कृषि परियोजनाले रामेछाप र दोलखाका आलु उत्पादक किसानलाई दियो बीउ उत्पादन तथा बीउको प्रमाणीकरण तालिम

| जेठ २६, २०८१ शनिबार

A A A
A A A

२५ जेठ, रामेछाप । विभिन्न समयमा आफ्नो कार्यालयसहित कृषि सम्बद्ध निकायबाट ५० देखि ७५ प्रतिशत सम्म अनुदानमा वितरित हाते ट्याक्टर, मिल, किलो, ढक, तराजु लगायतका आधुनिक कृषि औजार एवं उपकरणहरू मर्मत गर्न सिकाएर कृषकलाई प्रविधिमा दक्ष बनाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले आफ्नो कार्य क्षेत्रका आलु उत्पादक किसानहरूलाई आलुको बीउ उत्पादन तथा बीउ प्रमाणीकरण गर्न तालिम दिएको छ । तालिम शुक्रवार देखी मन्थलीमा सुरु भएको हो । 

 

बागमती प्रदेशका सांसद एवं उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, कार्यालय प्रमुख थिरलाल गैरे, पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे लगायतको उपस्थितिमा तीन दिने तालिम प्रारम्भ गरेको हो । 

 

मन्थली स्थित एल्लो हाउसमा भोलि सम्म चल्ने उक्त तालिममा रामेछाप र दोलखाका आलु जोन क्षेत्रका किसान एवं आलु उत्पादक किसानहरूलाई आलुको उन्नत जातको बीउ, आलुको रोप्ने, गोडमेल गर्ने सहित आलु सम्बन्धि सम्पूर्ण विषयमा जानकारी गराइने कार्यालय प्रमुख गैरेले प्रस्ट पारे । परियोजनाले दुई जिल्लामा आलुसहित जुनार, किवी, बाख्रा पालन लगायतका विषयमा काम गर्दै आएकाले प्रक्रिया पुर्‍याएर आउने कोही किसानहरू पनि आफ्नो सेवा सुविधाबाट वञ्चित नभएको दाबी गरे । 

आलु उत्पादनमा रामेछाप र दोलखा दुवै जिल्ला उच्च सम्भावना बोकेका जिल्ला भएको उल्लेख गर्दै किसानहरूले पनि मेहनत गरेर आलु उत्पादन गर्नु पर्नेमा उनको जोड् छ । जोनको सहयोगमा पछिल्ला दिनहरूमा बाँझो जमिनमा बुक्ममा आलु लगाउनेहरूको सङ्ख्या उल्लेख्य बढेको बताए । साथै, बुक्माको आलुको बजार माग पनि राम्रो रहेको सुनाए । आफूहरूले प्राविधिक सेवासहित फिल्डमै पटक-पटक पुगेर निरीक्षण गरेकाले कुनै गुनासो, जिज्ञासा र समस्या भए मिलेर समाधान गर्ने उनले प्रतिबद्ध जनाए । 

 

दुई जिल्लाका आलु उत्पादक किसानहरू सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद श्रेष्ठले यो तालिमले जे समस्याहरू भोगिरहेका छन् । ती समस्याहरू सम्बोधन गर्न सक्ने बनाउने विश्वास व्यक्त गरे । 

किसानहरूलाई राज्यले पछिल्लो दिनमा निकै काम गरिरहेको उल्लेख गर्दै उनले तालिम लिने मात्रै नभएर प्रयोगमा ल्याउन पनि उनले जोड् दिए । 

 

बाँकी भिडिओमा हेर्नुहोस् के-के भने सांसद श्रेष्ठले 
 

 

त्यस्तै पत्रकार महासंघ रामेछापका अध्यक्ष नयाँघरेले आफूहरूले जोनले किसानको पक्षमा गरेका सकरात्कम सूचना समाचार प्रकाशन गरेर किसानलाई प्रोत्साहन गर्दै आएको बताए । परियोजनाले जिल्लाका सबै सरकारी कार्यालय भन्दा उत्कृष्ट काम गर्दै आएको बताएका अध्यक्ष नयाँघरेले किसानसँग उनीहरू कै भावना अनुसार सहयोग गरेर परियोजनाले उदारता देखाएको बताए । 

 

उनले परियोजनाका प्राविधिकहरूले सहज रूपमा सेवा प्रदान गर्दा पनि किसानहरू परियोजनाबाट लाभ लिन सफल भएको बताए । 

 

तालिममा रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका १० जना र दोलखा जिल्लाको शैलुङ् नगरपालिका सहित गौरिसंकर, भीमेश्वर र मेलुङ् गाउँपालिकाका १० जना किसानहरूको सहभागिता रहेको छ ।