रामेछाप प्रशासनले भन्यो- 'सुनकोशी, तामाकोशी र लिखु नदीको किनारका बसीन्दाहरु सचेत हुनु',जोखिम ठाउँमा नहिड्नू (सूचनासहित)

जिल्लाबासी सचेत हुन आग्रह

| असार ५, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

०५ असार, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका प्रमुख ठूला नदी आसपास तथा बाढी पहिरोका उच्च जोखिम् रहेका क्षेत्रमा हिड्डुल् नगर्न आग्रह गरेको छ । प्रशासनले सुनकोशी, तामाकोशी, तथा लिखु लगाएतका नदी तथा खोलाका किनारमा रहेका बस्तीहरुमा पहिरोको उच्च जोखिम रहेको भन्दै विशेष सावधानी अप्नाउन आग्रह गरेको हो । 

 

देशका विभिन्न जिल्लाहरु सहित छिमेकी जिल्लाहरुमा बाढी,पहिरोको उच्च जोखिममा परेको भन्दै रामेछाप प्रशासनले पनि सावधानी अपनाउन आग्रह गरेको छ ।

 

बाढीको जारी गरेको सूचनामा 'सुनकोसीम तामाकोशी, तथा लिखु लगाएतका नदी र खोलाका किनारमा रहेका बस्तीहरुमा एवं पहिरोको जोखिम क्षेत्रमा विशेष सावाधानी अपनाउन, जोखिम बढेको खण्डमा पहिचान भएका स्थानहरुमा हिड्डुल् नगर्न र विपद् सम्बन्धी सूचनाहरुलाई गम्भिरताका साथ लिई पूर्व सावाधानी अपनाउन भनिएको छ ।' 

 

जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणले पनि यस वर्ष औषद भन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको पनि प्रशासनले स्मरण गराएको छ । 

रामेछाप प्रशासनले जारी गरेको सूचना हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार