विपद्का घटना न्यूनिकरण गर्न रामेछापमा सामुहिक प्रतिबद्धताः मनसुनको पूर्व तयारी यसरी थालियो, कसले के भने ? (भिडिओसहित)

| जेठ २९, २०८१ मंगलबार

A A A
A A A

२८ जेठ, रामेछाप । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८०’ को तयारी थालेको छ । जिल्लाभर मनसुन अवधिमा सकेसम्म विपद्का घटनाबाट हुने ठुलो क्षतिलाई न्यूनीकरण गर्न र घटनै, घटना नदिन समिति तीव्रताको साथ लाग्ने सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् । 

 

सोमबार जिल्ला प्रशासन कार्यालय रामेछापको सभा हलमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) एवं विपद् व्यवस्थापन समितिका संयोजक अनिता निरौलाको अध्यक्षतामा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की), लिखु तामाकोशी गाउँपालिका अध्यक्ष केशव महत, रामेछाप नगरपालिकाकी उप-प्रमुख बाला कुमारी कार्की (थापा), नेपाली काँग्रेस रामेछापका नेता कुमार श्रेष्ठ, नेकपा (एमाले) रामेछापका उपसचिव मिलन घिसिङसहित सबै राजनीतिक दलका नेता कार्यकर्ता, जिल्ला रेड्क्रश सोसाइटी, चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरूसहितको बैठकले बर्खा याम सुरु हुन लागेकाले तयारी अगाडि बढाउने निर्णय गरेको हो । 

 

छलफलमा बोल्दै समितिकी संयोजक एवं सिडिओ निरौलाले सबै मिलेर काम गर्न लागि परेको कार्य योजनामा उल्लेख भए भन्दा राम्रो काम गर्न सकिने प्रस्ट्याइन् । उनले विपद्का घटनाहरू घट्नै नदिनको लागि हामी सबै मिलेर लाग्नु पर्नेमा उनको जोड् थियो । 

 

त्यस्तै जिल्ला समन्वय समितिकी प्रमुख खड्काले पनि विपद्का घटनाहरू जति बेला पनि जुनसुकै रूपमा हुन सक्ने भएकाले तयारी अवस्थामा रहन वडा देखि स्थानीय सरकार र सम्बन्धित पक्षलाई आग्रह गरिन् । 

नेपाली काँग्रेसका नेता कुमार श्रेष्ठले विपद्का घटनाहरू निराकरणको लागि पार्टी सधैँ तयार रहेको भन्दै त्यसको लागि जुनसुकै तहका नेता कार्यकर्ताहरूलाई खट्ने र खटाउनको लागि तयार रहेको प्रतिबद्धता जनाए । विगतमा पनि यस्ता कार्यमा काँग्रेसले सधैँ अग्र स्थानबाट भूमिका खेल्दै आएको स्मरण गराउँदै सबैले गर्ने काममा हामी पूर्ण सहयोग र समन्वय गर्न तयार छौँ भने ।

 

पार्टीको पूर्व कोषाध्यक्ष समेत रहेका नेता श्रेष्ठले नदी तथा कोशीहरुबाट मनलाग्दी कच्चा सामाग्री उत्खनन गरेर बेच्ने तर त्यसको १ प्रतिशत पनि ती नदी, खोला र कोशीको व्यवस्थापन, रोकथाम गर्न खर्च नगर्दा पनि विपद्का नयाँ-नयाँ स्रुपहरु आइपरेकोमा स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण गरे ।

 

कसले के -के भने हेर्नुहोस् भिडिओमा 

 

 

नेकपा एमालेका उपसचिव घिसिङले पनि विपद् सामाग्रीहरूको वडा तहदेखि नै तयारी अवस्थामा राख्नु पर्नेमा जोड् दिए । उनले स्थानीय सरकार घरदैलोको सरकार भएकाले विपद्को तयारीको लागि स्थानीय सरकारहरूले थप सक्रियताको साथ विपद् व्यवस्थापन गर्न लाग्नु पर्नेमा जोड् दिए । त्यसको लागि पार्टीले पनि जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउँदै एमालेले केन्द्र, प्रदेश, जिल्ला र पालिका तहसम्मै छुट्टै विपद् स्वयंसेवक खटाउने तयारी गर्न लागेको सुनाएका थिए । 

 

राप्रपाका नेता शिवजी घिमिरेले उच्च जोखिम युक्त स्थानको पहिचान गरी त्यस्ता भू-भागहरूमा रहेको मानवीय बसोबासलाई रोक्न र सचेत अवस्थामा राख्न सुझाव दिए । उनले दुरागाउँ, सेलेघाट-साँघुटार सडक निर्माणले बस्ती र घरहरू जोखिममा रहेको उल्लेख गर्दै रणजोर खोलो, कुनौरिमा बन्दै गरेको सडक पुल लगायतका स्थानका विकास निर्माणमा बेलैमा ध्यान पुर्‍याउनु पर्नेमा जोड् दिए । 

 

जिल्ला रेड्क्रशका सभापति शिवकुमार कार्कीले रेड्क्रशले विपद्मा गर्ने राहत सामाग्रीको बारेमा जानकारी गराउँदै एम्बुलेन्स, जेसिबी, ट्याक्टर जस्ता सवारीहरू पनि तयारी अवस्थामा राख्न जोड् दिएर धारणा राखे । 

 

सुरक्षा निकायहरूले हाल सम्म विपद्को सामनाको लागि आफूहरू तयारी अवस्थामा रहेको सुनाउँदै विपद्मा खट्दा आवश्यक सामाग्रीहरूको थप व्यवस्थापन गर्न ध्यानाकर्षण गरेका थिए ।  बैठकले विभिन्न १० बुँदे निर्णय गर्दै यो पालिको बर्खे वर्षाबाट सबैलाई जोगाउन सक्रिय भूमिका खेल्ने सामूहिक प्रतिबद्धता गरेको छ । 

 

यो पढ्नुहोस् निर्णय