भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका प्रमुख दाहाल दिउँसै कार्यालयमा जाँड् खाएर झ्याप (भिडिओसहित)

| असार ४, २०८१ सोमबार

A A A
A A A

३ जेठ, रामेछाप । भू–तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका कार्यालय प्रमुख सुरेश दाहाल दिउँसै कार्यालयमा जाँड खाएर झ्याप् अवस्थामा भेटिएका छन् । रक्सीले मातेर झ्याप भएका दाहालले यस्तो गर्न मिल्छ भनेर सोध्द्ध आफूलाई कुनै फरक पर्दैन भनेको भिडिओमा सुनिन्छ । 

 

कार्यालयमै जाँड खाएर झ्याप भएको भिडिओ रामेछाप टाइम्सलाई प्राप्त भएको हो । उनले जाँड खाएर केही दिन देखि जेपायो त्यही बोल्ने, गाली गर्ने, अपाच्य हर्कत गर्ने गर्दै आएका कार्यालय प्रमुखले मदिराले लठ्ठ मातेर बिताण्ड मच्चाएका हुन् । आज सोमबार बिहान ९ः३० बजेतिर उनी झ्याप अवस्थामा भेटिएका हुन् । 

 

रामेछाप डाँडा स्थित कार्यालयमै उनले मादक पदार्थले झ्याप भएको भेटिएपछि रामेछाप नगरपालिका वडा नं ८ का वडा अध्यक्ष सन्तोष तामाङले सम्बन्धित निकायमा जानकारी गराएका छन् । 

 

वडा अध्यक्ष तामाङ्ले रामेछाप टाइम्सलाई भने ‘केही दिन यता जाँड खाएर यस्तै हर्कत गर्दै आएका रहेछन् । कर्मचारीहरूलाई पनि विभिन्न कारणमा तनाव दिँदै आएका रहेछन् ।’

 

जिल्लामा रहेका कार्यालयहरु मध्ये सबै भन्दा काम नलाग्ने संस्था भू तथा जलधार भएको भन्दै आलोचना खेप्दै आएको यो कार्यालयका प्रमुख झ्पाय भएको भेटिएपछि कर्मचारी र वडा अध्यक्षहरुले प्रमुख जिल्ला अधिकारीलाई खरब गरेको बताइएको छ । 

 

योहेर्नुहोस् भिडिओ ...