रामेछाप विमानस्थल मार्फत एक सिजनमा झण्डै ७ हजार नेपालीसहित २० हजार यात्रु लुक्ला गए

| असार ४, २०८१ सोमबार

फाइल फोटो ।
A A A
A A A

३ जेठ, रामेछाप । गएको चैत पहिलो हप्ता (मार्च २५) बाट नियमित रूपमा सुरु भएको यो सिजनको वसन्त ऋतुको रामेछाप–लुक्ला उडान मार्फत बिस हजार पर्यटकले यात्रा गरेका छन् । यो सिजन सकिएपछि स्वदेशी तथा विदेशी यात्रुको भिड्भाड हुने रामेछाप विमानस्थल सुनसान भएको छ । 

 

सगरमाथा प्रवेशद्वारको रूपमा काठमाडौँबाट खुर्कोट हुँदै गाडीमा पर्यटक मन्थली ल्याएर यहाँबाट दैनिक २५–३० वटा सिता, समिट र तारा एयरको उडान मार्फत ६ हजार ९ सय २४ जना नेपालीसहित १३ हजार एक ३७ जना विदेशीले मन्थली–लुक्ला यात्रा गरेको रामेछाप विमान स्थलकी पूजा थापाले रामेछाप टाइम्सलाई सोमबार जानकारी दिइन् । ‘कुन कुन देशका नागरिक हुन् भन्ने विवरण हामी कहाँ हुँदैन । तर, नेपाली र विदेशी गरी २० हजार यात्रुले यात्रा गरे ।’

 

उनका अनुसार एक हजार ९ सय ५३ पटकको उडान मार्फत उनीहरू सोलु खुम्बुको लुक्ला विमानस्थल गएका हुन् । मार्चको २५ तारिक अर्थात् चैत्र १२ गते देखि सुरु भएको वर्षको वसन्त ऋतुको सिजन जेठको अन्तिम हप्ता देखि सकिएको छ । ‘अहिले उडान भयो भने काठमाडौँबाट सिधै लुक्ला उडान मार्फत जान्छन् अहिले रामेछाप विमानस्थलबाट उडान अवतरण छैन, थापाले भनिन् ।’

 

दोस्रो सिजन सेप्टेम्बर देखि नोभेम्बर÷डिसेम्बर अर्थात् आगामी असोजको पहिलो सातादेखि मंसिरको पहिलो सातासम्म उडान हुने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडानको कारण प्याक भएपछि विकल्पको रूपमा रामेछाप विमानस्थल प्रयोग हुँदै आएको छ । यसको पनि दीर्घकालीन स्थायित्व भने हुन सकेको छैन । सिजन चलेको बेलामा यहाँबाट सबै भन्दा धेरै ६३ पटक सम्म उडान भएको छ । 

 

साथै रामेछापका स्थानीयहरूले आफूहरूले विमान यात्राको सुविधा पाउन नसकेको भन्दै काठमाडौँ–रामेछाप उडान गर्न माग गर्दै आएका छन् । 

 

रामेछापका संघीय, प्रदेशका सांसदहरू र मन्थली नगरपालिकाले पनि रामेछाप विमानस्थलबाट स्थायी रूपमा उडान गर्नु पर्ने माग गर्दै पटक–पटक सम्बन्धित निकायसँग जनप्रविधिसहित छलफल गरेको छ । तर, हाल सम्म सुनुवाइ भने हुन सकेको छैन । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार